कृषि विकास बैंकको १३ प्रतिशत नगद लाभांश वितरण

कृषि विकास बैंक लिमिटेड (ADBL) ले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस शेयर गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको संचालक समितिको साधारण चुक्ता पूँजीको ११% नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) र २% बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत बार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम प्रदान गर्ने समेत निर्णय गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

Spread the love