जीप दुर्घटना हुँदा छ जनाको मृत्यु

ओखलढुंगामा सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०७ नम्बरको जीप दुर्घटना हुँदा छ जना यात्रुको मृत्यु भएको छ । जीप भडारेखोलामा सडकबाट २ सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार छ जना यात्रुको घटनास्थलमै मृत्यु भएको जानकारी दिएको छ । दुर्घटनामा एक बालकसहित तीन जना गम्भीर घाइते भएको छ। उनीहरुको उदयपुरको घुर्मीस्थित आस्था मेडिकल सपमा उपचार भइरहेको छ।

Spread the love