हल्लै हल्लाको हाहाकार

दिपक न्यौपाने, काठमाडौ ः उपभोक्ताको मनमा हल्लाले डेरा जमाउँदा डिपोमा उपभोक्ताको लाइन लाग्ने दिनानु दिन बढि रहेको छ भने दैनिक डर बटुल्दै जनतामा कोरोना आतंकले कस्तो भक्मरि आउला भन्ने डर त्रासमा काठमाडौ बासी बसि रेहका छन । भारतबाट मागभन्दा बढी आयात बढिरहेको छ भने सरकार पर्ख र हेरको जोखाना हेरिरहेको छ ।
दुई वर्षदेखि जाडो महिनामा सरदर ४० हजार टन ग्यास आयात हुँदा छेलोखेलो हुने गरेको छ। तर फेब्रुअरीमा ४१ हजार टन ग्यास आयात भएको छ। जाडो पनि हट्दै गएको छ। चैत महिना पछि ३५ हजार टनको हाराहारीमा ग्यासले महिनाभरिको माग धान्न पुग्छ। मार्च महिनामा पनि भारतबाट ग्यास सहज रूपमा आइरहेको छ।

Spread the love