हिमाली १० वटा जिल्लामा औलो – औषधि अभाव

हुम्ला, २६ जेठ : औलो रोग  नेपाल सरकारले सन २०२५ साल सम्म औलो रोग निवारण गर्ने अभियान संचालन गरेता पनि हिमाली जिल्लामा यो रोगका बिरामी देखा परेका छन् । प्रायः तराईका जिल्लामा देखिने औलो रोग पछिल्लो समय हिमाली जिल्ला हुम्लामा पनि देखिएको छ ।

महाशाखाका अनुसार पछिल्लो एक सातामा हुम्लाको दक्षिण ताजाकोट, अदानचुली, सर्केगाढ लगायतका गाउँपालिकाका १५ जनामा यो रोग देखापरेको छ । कर्णाली नदी छेउछाउका बस्तीहरुमा देखापरेको बताए ।  हिमाली जिल्लामा पनि तापक्रम बढेपछि औलो रोगका बिरामी भेटिएको र महाशाखाले गर्भवती महिलालाई  निःशुल्क झुल र औषधि समेत वितरण गरे छ ।  नेपालका हिमाली १० वटा जिल्लामा औलो रोग नहुने भनिएत पनि हुम्ला, बाजुरा र मुगुमा यो रोग देखा परेको महाशाखाले जनाएको छ । 

Spread the love