अमेरिकाको स्यानडिएगोवाट ११५ गैरकानुनी आप्रावासी पक्राउ

अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्न पाइने ग्रिनकार्ड भएकापनि अपराधमा संलग्न छन् भने पक्राउ गरिने आईसीईका अधिकारीले जनाएका छन् । आईसीईको खोजविनले कागजात विहीन आप्रावासीमा भने त्रास बढेको  हो । अमेरिकी अध्यागतम निकाय आईसीईले क्यालिफोर्नियाको स्यानडिएगो क्षेत्रबाट ११५ जना कागजात विहीन आप्रावासीलाई पक्राउ गरेको  हो ।पक्राउ पर्नेमा मेक्सिको, हण्डुरस, ग्वाटेमाला, रेज रिपव्लिक, काजगस्तान र पेरुका नागरिक छन् । अपराध गरेको रेकर्ड भएका, अदालतले देश निकाला फैसला सुनाएका, एक पटक डिर्पोट भएर पुन गैरकानुनी रूपमा अमेरिका छिरेका, आपराधिक समूहका सदस्यमा केन्द्रित रहेर कारबाही गर्ने क्रममा ती आप्रावासी पक्राउ परेको आईसीईले जनाएको छ ।   गत बिहीबार सकिएको तिन दिने कारबाहीमा ती आप्रावासी पक्राउ परेका हुन् ।  पक्राउ परेका मध्ये ४३ प्रतिशतको यस्तो अपराधको रेकर्ड रहेको आईसीईले जनाएको छ ।
Spread the love