नौ पटक सगरमाथा चढेका शेर्पा ओझेलमा

दिपक न्यौपाने, काठमाडौ : वि.सं.२०३३ सालमा सोलुखुम्बुको खुम्जुङ्गमा जन्मेका पासाङ रिन्जि शेर्पा सानै उमेरदेखि नै ट्रेकिङ क्षेत्रमा कुनै न कुनै रुपमा संलग्न हुँदै

deepak neupane thepowernews
Deepak Neupane, tokha , kathmandu

आएका छन् । गरिबीका कारण सानैदेखि विदेशीको भरिया भएर कामको शुरुवात गरेका शेर्पाले हालसम्म ट्रेकिङ क्षेत्रमा निकै ठूलो योगदान दिइसकेका छन् । बुबा, आमा, शिक्षादीक्षा आदि सेरोफेरोमा रहेर बस्नुपर्ने कलिलो उमेरदेखि नै उनी आफ्नो र परिवारको पेट पाल्न विदेशीको भरिया भएर काम गर्न वाध्य भए । १३ वर्षको उमेरदेखि नै भरिया भएर ट्रेकिङ क्षेत्रमा छिरेका उनले हालसम्म देश, विदेशलगायत नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको धेरै पटक आरोहण अवरोहण गरिसकेका छन् । तर विडम्बना नै भन्नुपर्छ विश्वको सर्वोच्च शिखरलगायत अन्य जटिल हिमालहरु कामदारको रुपमा चढेकाले उनी आम समुदायबीच ओझेल छन् अर्थात् धेरै पटक सगरमाथालगायत अन्य हिमाल चढिसकेका पासाङ रिन्जि शेर्पा भनेर कहि कतै उल्लेख छैन् ।

उनी भन्छन्, ‘मैले सन् २०१५ भित्र नेपाल साइडबाट नौ चोटी सगरमाथा चढिसकेको छु ।’ भनिन्छ नि, मान्छेले कि त पढेर जान्दछ, कि त परेर जान्दछ । हो त्यस्तै हुन्, शेर्पा परेर पर्यटक क्षेत्रको ज्ञाता हुन् । तर, भाग्य भनौं या परिस्थिति उनलाई न कसैले चिन्छ, न त राज्य वा कुनै निकायले सम्मान स्वरुप प्रमाणपत्र दिनु बाहेक अरु कुनै सहयोग, हौसला आदि नै दिएको छ । ‘अमाडब्लम हिमाल (Ama Dablam) चार चोटी चढिसकेको छु । यो हिमाल सन् २०१३ मा २४ घण्टाभित्र दुई चोटी चढेको हुँ,’ भन्ने शेर्पाले हिमालहरु चढे वापत भने धेरै प्रमाणपत्रहरु प्राप्त गरेका छन् । शेर्पाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट वि.सं.२०६२ जेठ १७ गते अमेरिकाका दान्ड एल्लेन ह्यान ९मबलम ब्भििल ज्बजल० को नेतृत्वमा २००५ आई.एम.जी. एभरेष्ट एक्स नामक पर्वतारोही दलसँग कामदारको हैसियतले ८८४८ मिटर अग्लो सगरमाथा सफलतापूर्वक आरोहण गरेकोले प्रमाणपत्र पाएका छन् । उनले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सन् २०१०÷०५÷२३ मा संयुक्त राज्य अमेरिकाका नागरिक मिहिचेल आरोन हामिल (Mr.Michael Aaron Hamifll) को नेतृत्वमा २०१०  IMg\ Everest Expindition  नामक पर्वतारोहण दलको उचाइ कामदारको हैसियतले ८८४८ मिटर अग्लो सगरमाथा सफलतापूर्वक आरोहण गरेकोले प्रमाणपत्र पाएका छन् । उनले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सन् २०१०÷११÷०१ मा संयुक्त राज्य अमेरिकाका नागरिक Mr.Brian David Warren को नृेतत्वमा  AGE-Amadablam Expedition F2012  नामक पर्वतारोहण दलको उचाई कामदारको हैसियतले ६८१२ मिटर अग्लो (Ama Dablam)  हिमाल सफलतापूर्वक आरोहण गरेको हुँदा प्रमाणपत्र पाएका छन् । उनले  The Mountaineering Association या Tibet  बाट अमेरिकन रुपसँग सगरमाथा चढेबापत २२ मे २०१६ मा र २७ मे २०१७ मा सम्मान स्वरुप प्रमाणपत्र पाएका छन् । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट वि.सं.२०६४ जेठ ६ गते अमेरिकाका क्यासे आरोन ग्रोमको नेतृत्वमा २००७ आइएमजी एभरेष्ट एक्सपिडसिन(दोस्रो) नामक पर्वतारोही दलको उचाईको कामदारको हैसियतले ८८४८ मिटर अग्लो सगरमाथा सफलतापूर्वक आरोहण गरेको हुँदा प्रमाणपत्र पाएका छन् । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सन् २०१३÷५÷१८ मा शेर्पाले संयुक्त राज्य अमेरिकाका नागरिक Mr.James Michael Horst को नेतृत्वमा SNT-Everest Expedition-2013 नामक पर्वतारोहण दलको उचाई कामदारको हैसियतले ८८४८ मिटर अग्लो सगरमाथा हिमाल सफलतापूर्वक आरोहण गरेको हुँदा प्रमाणपत्र पाएका छन् । उनले Nepal Mountaineering Association बाट सफलतापूर्वक Helicopter Marshlla Course 12-14 February 2016 मा काठमाण्डु   International Mountaineers’ Memorial Park, Kakanif  बाट सफलतापूर्वक सम्पन्न गरेवापत प्रमाणपत्र पाएका छन् ।

त्यस्तै, नेपाल सरकारको Nepal Academy of Tourism and Hotel Management(NATHM)  बाट ट्रेकिङ गाइडको एक महिने ट्रेनिङ गरेका शेर्पा  achieved grade B  हुन् । उनले पर्यटन विभागबाट सन् २०१३÷११÷१५ मा शेर्पाले संयुक्त राज्य अमेरिकाका नागरिक  Mr.Adrian John Bllainger sf] g]t[Tjdf SN-Amadablam Expedition-F2013  नामक पर्वतारोहण दलको उचाइ कामदारको हैसियतले ६८१२ मिटर अग्लो ब्mब म्बदबिm हिमाल सफलतापूर्वक आरोहण गरेको हुँदा प्रमाणपत्र पाएका छन् । उनले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सन् २०११÷५÷२१ मा संयुक्त राज्य अमेरिकाका नागरिक .Gregory Vernovage  को नृेतृत्वमा 2011 IMg\ Everest Expedition नामक पर्वतारोहण दलको उचाई कामदारको हैसियतले ८८४८ मिटर अग्लो सगरमाथा हिमाल सफलतापूर्वक आरोहण गरेको हुँदा प्रमाणपत्र पाएका छन् । त्यसैगरी, उनले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट वि.सं.२०६६ जेठ ८ गते संयुक्त राज्य अमेरिकाका नागरिक Mr. Justin Reese Merle को नेतृत्वमा 200f\9 IMg\ Everest Expedition नामक पर्वतारोही दलको उचाई कामदारको हैसियतले सगरमाथा सफलतापूर्वक आरोहण गरेवापत प्रमाणपत्र पाएका छन् । यसरी उनले धेरै प्रमाणपत्र पाए पनि यतिबेला बेरोजगारीको पीडामा बस्न बाध्य छन् । पर्यटन प्रवद्र्धनमा सरकारी, गैरसरकारी र व्यक्तिगत संघसंस्थालगायतको भूमिका महत्वपूर्ण रहेको हुन्छ ।

अन्तर्रा्ष्ट्रिय पर्यटक नेपाल भित्र्र्याउने लक्ष्यसहित पर्यटन प्रवद्र्धनका लागि सरकारले पहिलेदेखि नै नयाँनयाँ योजनाहरु सिर्जना गर्दै आएको पनि छ । पर्यटन प्रवद्र्धनको लागि पर्यटनमा लागेका व्यक्तिहरुको पनि त्यत्तिकै भूमिका रहन्छ । विशेष ट्रेकिङ क्षेत्रमा लागेका गाइडहरुको पर्यटकका लागि महत्वपूर्ण भूमिका रहन्छ । पर्यटन प्रवद्र्धन हुनुमा गाइडले पर्यटकलाई कत्तिको रिझाउन सक्छ भन्नेमा पनि भर पर्छ । त्यसैले पनि पर्यटन प्रर्वद्धनका लागि धेरै कुराको स्तरोन्नती गर्नुको साथै विशेष दक्ष गाइडको विकास, सम्मान र बृद्घि गर्न सरकारले माहत्वपुर्ण कदम चालु आवश्यक छ । ठलाु जोखिम मोलेर साहसिक काम गर्ने उनै पासाङ शेर्पा जस्ता होनाहार युवा जहिल्यै पनि खाँचो महसुस गर्नु पर्यटन प्रर्वधनको पाटो हो भन्ने महसुस गर्नु अत्यन्तै जरुरी छ ।

This is already published in Himalaya times @ 5th june 2015
Spread the love