८ अर्ब बढीको खाद्यान्न आयात

श्रावण २२, २०७४ गत आर्थिक वर्षमा विराटनगर भन्सार नाकाबाट मात्रै ८ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात भएको तथ्यांक छ । आयात भएका खाद्यान्नमा सबैभन्दा बढी मकैको परिमाण छ । सो अवधिमा ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको डेढ लाख मेट्रिक टन मकै आयात भएको छ ।   पूर्वमा भारतबाट खाद्यान्न आयात बढेको छ ।  चामल, धान, मकै, कोदो, गहुँ, दाल र जौ गरी ३ लाख मेट्रिक टनभन्दा बढी खाद्यान्न आयात भएको भन्सार कार्यालयले जनाएको छ । यसैगरी ३ अर्बभन्दा बढीको करिब ८० हजार मेट्रिक टन चामल आयात भएको छ । सो नाकाबाट करिब ४३ हजार मेट्रिक टन गहुँ, २२ हजार मेट्रिक टन धान र करिब ४ हजार मेट्रिक टन कोदो आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

Spread the love