शिवपुरीको समुन्द्रादेविमा कृषकहरु सामुहिक तरकारी खेती सुरु गर्दै

 हरि भेटवाल- नुवाकोट जिल्ला को पुर्वी भेगमा अबस्थित शिवपुरी गाउँपालिका को वडा न ६ समुन्द्रा देवीमा कृषकहरु मिलि अहिले ६ रोपनी जग्गामा पलाष्टिक घर टनेल निर्माण गरि सामुहिक तरकारी खेती गर्न थालिएको छ। उक्त टनेलहरुमा गोलभेडा रोपिएको छ। उक्त सामुहिक खेती को लागि बिष्णु श्रेष्ठ को सयोजकत्वमा निर्मला थापा रत्नमान तामाङ रत्न तामाङ चन्दर ब तामाङ असोक बुढाथोकी ज्ञान ब तामाङ मुकुन्द राज थापा हरिराम भेटुवाल जनक राज थापा राजन बस्नेत गरि ११ सदस्यीय समुन्द्रादेवी तरकारी तथा खाधन बिकास केन्द्र नाममा समुह बनाई तरकारी खेती थालिएको सहयोजक बिष्णु श्रेष्ठले बताउनु भयो उहाँले अब गाउँमा तरकारी खेतीको माध्यम बाट रोजगारी सिर्जना गरि अहिले को समयमा युवाहरु बैदेशिक रोजगारीमा जाने र गाउँमा रहेको खेतीपाति बाजो रहेको अबस्थामा अब आधुनिक तरिकाले ब्याबसायिक खेती बाट आयआर्जन गर्नुपर्ने बेला आएको र तरकारी खेति लाई अहिले ६ रोपनीमा सुरु भएको लाई बिस्तार गरि १०० रोपनीमा तरकारी खेती गर्न उक्त समुहको लक्ष्य रहेको र यो समुहमा आबद्ध हुने कृषकले हप्ताको एक दिन उक्त तरकारी खेतीमा सामुहिक श्रम गनुपने अनिवार्य नियम रहेको बताउनु भयो ।

 

Spread the love