भारतले मिचेको भूमी नेपालले फिर्ता पाउने

nepal

काठमाडौँ – भारतद्वारा लामो समयदेखि अतिक्रमित पर्साको ठोरीस्थित ९६ रोपनी नेपाली भूमि अन्ततः नेपालले फिर्ता पाउने भएको छ । नेपाल र भारतबीच मुख्य विवादित क्षेत्रमा पर्साको ठोरी, नवलपरासीको सुस्ता, दार्चुलाको कालापानीलगायत पर्छन् । ८३ र ८४ सीमा स्तम्भ साबिककै स्थानमा गाड्न भारत सरकार राजी भएपछि १२ एकड अर्थात् ९६ रोपनी नेपालको जमिन विधिवत् रुपमा आफ्नै स्वामित्वमा आउने भएको हो । ठोरी गाविसमा पर्ने ती दुई सीमा स्तम्भ नेपालकै प्रस्तावमा पुरानै स्थानमा गाडढ्न भारतीय पक्ष राजी भएपछि संयुक्त सीमा सर्भेका क्रममा नेपाल र भारतबीच स्थानीय स्तरमा जेठ अन्तिम साता त्यस विषयमा हस्ताक्षर भइसकेको  छ । स्रोत : अन्नपूर्ण पोष्ट दैनिक

Spread the love