१३औँ संस्करणअन्तर्गत महिला भलिबल समीकरण पूरा

काठमाडौं, मंसिर १४ : त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषको खेलमा भारतले घरेलु टोली नेपाललाई २५–१५, २५–१३ र २५–१६ ले हराउँदै समुह ‘ए’ को विजेताको हैसियतले सेमिफाइनलमा पुग्यो । पराजयसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यो समुहबाट बंगलादेश उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गर्यो । पुरुषकै अर्को खेलमा श्रीलंकाले माल्दिभ्समाथि २५–१८, २५–२३ र २५–१७ को जित दर्ता गर्यो । दक्षिण एसियाली खेलकुद (साग)को १३औँ संस्करणअन्तर्गत महिला भलिबलमा शुक्रबार सेमिफाइनल समीकरण पूरा भएको छ । आज हुने सेमिफाइनलमा समुह ‘ए’ को विजेता भारतले समुह ‘बी’ को उपविजेता माल्दिभ्स तथा समुह ‘ए’ उपविजेता नेपालले समुह ‘बी’ को विजेता श्रीलंका विरुद्ध खेल हुने छ ।

Spread the love