सागमा नेपालको १०० स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुदमा नेपाल साग इतिहासमा एक सय स्वर्ण जित्न सफल भएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका सक्षम कार्कीले स्वर्ण जितेको छ । उनले  पाकिस्तानी खेलाडी वाकर अलीलाई ८७ केजी माथि पराजित गरेपछि नेपाल साग इतिहासमा एक सय स्वर्ण जित्न सफल भएको हो । १ सय स्वर्णमा नेपालले मार्शलआर्टबाटै ७७ स्वर्ण जितेको छ। त्यसमा तेक्वान्दोले ३५, करातेले ३०, उसुले ८ र जुडोले ४ स्वर्ण नेपाललाई दिएको छ।

Spread the love