भारी वर्षाका कारण नारायणी र राप्ति नदी अहिले चेतावनी नजिक

साउन २९, लगातारको भारी वर्षाका कारण नारायणी र राप्ति नदीमा पानीको सतह अहिले चेतावनी नजिक पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनका अनुसार बाढी बढ्ने क्रममा रहेकाले सतर्क हुन र हरेक सूचनाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरिएको छ । जिल्ला विकास समितिका विपद् व्यवस्थापन स्रोत व्यक्ति बलराम लुइँटेलका अनुसार अहिले नारायण नदीमा बाढीको सतह ६ दशमलव ६० मिटरमा पुगेको छ । नारायणीमा ६ दशमलव ८० मिटर आएमा चेतावनी तह मानेर सबैमा सूचना प्रवाह गरिन्छ भने आठ मिटर नाघेपछि खतराको सङ्केत मानिन्छ । यस्तै चितवनको राप्ती नदीमा अहिले बाढीको सतह २ दशमलव ५ मिटर पुगेको जल तथा वर्षा मापन केन्द्र राप्तीका कर्मचारी बद्री ढकालले बताउनुभयो । यहाँ पनि चेतावनी तह नजिक भएकाले विपद् व्यवस्थापन समितिलाई खबर गरिसकिएको उहाले बताउनुभयो । यो नदीमा २ दशमलव ७ मिटर बाढीको सतह पुगेपछि चेतावनीको सङ्केत दिइन्छ भने ३ दलशमल ६९ मिटर बाढीको सतह पुगेपछि खतराको सङ्केतमा आपतकालीन कार्यक्रम सुरु गरिन्छ । अहिले पनि बाढीको सतह बढ्ने क्रममै रहेको वर्षा मापन केन्द्र देवघाटका कर्मचारी कृष्ण अधिकारीले बताउनुभयो ।

 

Spread the love