११ कक्षा काे विज्ञानबाट गणित हटाइयाे – गणितबिनाकाे विज्ञान?

काठमाडौं  : गणितजस्ताे व्यावहारिक विषय पाठ्यक्रमबाट हटाएकाे भन्दै विज्ञहरूले चर्काे अालाेचना गरिरहेका छन् ।  सरकारले कक्षा ११ र १२ काे पाठ्यक्रमबाट अनिवार्य गणित विषय हटाएसँगै कक्षा ११ काे विज्ञान विषयबाट समेत गणित हटाइएकाे छ ।  ‘गणितबिनाको विज्ञान’ पढ्न बाध्य बनाइएका नेपाली विद्यार्थीहरूकाे याेग्यता र क्षमताले विदेशमा मान्यता नपाउने प्रस्ट छ । स्वदेश तथा विदेशमा समेत विज्ञान तथा प्रविधि विषयमा उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थीलार्इ यस व्यवस्थाले अप्ठेराेमा पार्ने चिन्ता छाउन थालेकाे छ। नेपालमै पनि इन्जिनियरिङजस्ता विषय पढ्न विज्ञानमा गणित पढेकाे हुनेपर्ने व्यवस्था छ । नयाँ व्यवस्थाले विदेशमा गएर विज्ञान, इन्जिनियरिङजस्ता विषय अध्ययनबाट अब नेपाली विद्यार्थी वञ्चित हुनुपर्ने अवस्था अाउन सक्छ । विश्वका अधिकांश देशमा प्रचलित शिक्षा नियमावलीअनुसार बायोलोजीका विद्यार्थीले १०० पूर्णांकको गणित पढ्नैपर्ने हुन्छ ।  शिक्षामन्त्रीको अध्यक्षतामा बसेको उक्त बैठककाे निर्णयमार्फत बायोलोजीका विद्यार्थीलाई गणित पढ्नबाट वञ्चित गराउनु गलत रहेकाे गणित विज्ञहरु बताउँछन् । अब ११ कक्षामा गणित अनिवार्य त हुनेछैन नै, विज्ञानका विद्यार्थीले समेत गणित विषय पढ्न नपाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रको बैठकले गत जेठ १८ मा पारित गरेको ‘राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५’ले जिवविज्ञान (बायोलोजी)का विद्यार्थीहरुका लागि कक्षा ११ र १२ मा गणित विषय अध्ययन गर्नबाट रोक लगाएको थियाे।

Spread the love