भिटोफ नेपाल २०१८ को निर्वाचनमा ध्रुव सिम्खडा प्यानल विजयीको दावेदार

दिपक न्यौपाने, काठमाडौ :  नेपालमा बिदेशी पैसा भित्र्याउने व्यवसाय मध्ये पर्यटन व्यवसाय पहिचान छुटटै छ । यस व्यवसाय बाट बिदेशी पैसा भित्रयाउन लाखौलाई रोजगारी दिएको वसायमा क्रियाशिल गाउँ पर्यटन प्रवद्र्घन मञ्च संघ भिटोफ नेपाल एक हो । व्यावसायीहरु सहमतीमा नेतृत्व चयन गर्न असफल भए पछि आगामी १५ गते मंगलबारका दिन ठमेल स्थित गोकर्ण हाउस रेस्टुरेण्टमा निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचनमा मत परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारहरु आ—आफनो समुह तयार गरेर प्रचार प्रचारमा लागेका छन् ।
भिटोफको निर्वाचनको लागी व्यावसायी बासुदेव पाण्डे र ब्यावसायी ध्रुव सिंखडा गरी दुई प्यानल निर्वाचनमा भिड्दै छन् ।

ध्रुव सिम्खडा प्यानलका प्रत्येक प्रयासीहरु आफुमा काम गर्ने र पदिय दायीत्व पुरा गर्ने क्षमता भएको दावी गरीरहेको बेला सहकोषाध्यक्षका उम्मेद्वार उमेश दनै एक प्रभाव साली प्रयासीको रुपमा उभिनु भएको छ । उमेश दनै भौतिकशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । स्पिडी टुरिजम एन्ड ट्राभल्र्स् तथा हाइक ओन ट्रेक्सका  संचालक हुनुहुन्छ ।

उहाँले जापान, सिंगापुर, भारतलगायत आधा दर्जन देशहरु घुमिसक्नसभएको छ । भिटोफलाई युवा आकर्षण गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० नेपालमा युवा आकर्षण बढाउने उहाँको लक्ष्य छ ।
व्यापार व्यवसायलाई जग बनाई हरदम आफ्नो व्यवसाय र पर्यटन क्षेत्रलाई गाउँ–गाउँमा पर्यटन’ भन्ने नारालाई सफल बनाउन सक्रिय उमेश दनै पदिय दायीत्व र सहकोषाध्यक्षका प्रभाव साली व्यतिm को रुपमा रहनु भएको  छ भने अन्य प्रयासीहरु आफ्ना योग्यता र क्षमातवन रहनु हुन्छ भन्ने विश्वास शर्माको छ ।

  • ध्रुव सिम्खडा अध्यक्षका प्रत्यासी गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० नेपालका पूर्व प्रथम उपाध्यक्ष ध्रुव सिम्खडा त्यसअघि यो संस्थाको सदस्य पनि हुनहुन्थ्यो । सिम्खडाले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक गर्नुभएको छ । राजनीतिमा प्राप्तिमात्र होइन, त्याग पनि गर्न सक्ने मिलनसार व्यक्तित्वका धनी सिम्खडाले जापान, सिंगापुर, थाइल्यान्ड, भारत र युरोपका प्राय देशहरुको भ्रमण गरी नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । लायन्स क्लवलगायत अन्य सामाजिक संघसंस्थामार्फत समाजसेवामा पनि उत्तिकै सक्रिय वल्र्ड भिजन ट्राभल एन्ड टुर्स्का संचालक सिम्खडाको नेतृत्वमा गाउँ नै गाउँले भरिएको नेपालको पर्यटकिय विकासमा भिटोफले नयाँ गति लिनेछ ।
  • कृष्णबहादुर सुवेदी ९कृस० प्रथम उपाध्यक्षका प्रत्यासी त्रिभुवन विश्वविद्यालयबाट संस्कृतिमा स्नातक कृष्णबहादुर सुवेदी ९कृस०प्रथम उपाध्यक्षका प्रत्यासी हुनुहन्छ । सुवेदीले गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० नेपालमा सदस्य र सहकोषाध्यक्षको रुपमा रहेर सफल गाउँमैत्री पर्यटन अभियन्ताको पहिचान बनाइसक्नु भएको छ । जापान, चीन, भारत र युरोपका प्राय देशको भ्रमण गरिसक्नुभएका सुवेदीले २०७२ वैशाख १२ को विनाशकारी भुकम्पपछि आफ्नो गाउँका भुकम्पपिडितलाई सक्दो सहयोग गर्नुभएको थियो । होमस्टे टे«लको अन्वेषण र प्रवद्र्धनलाई व्यापक बनाएर गाउँहरुको पर्यटकीय विकासमार्फत सिंगो मुलकलाई समुन्नत पार्ने उहाँको योजना छ । उहाँ युनिक एडभेन्चरका संचालक हुनुहुन्छ ।
  • तारालाल धरेल द्धितिय उपाध्यक्षका प्रत्यासी तारालाल धरेल ज्यामरुङ् जनकल्याण समाजका महासचिव पनि हुनुहुन्छ । धरेल समाजका समेत कोषाध्यक्ष रहनुभएका उहाँ २०७२ वैशाख १२ को विनाशकारी भुकम्पलगत्तै आफ्नो गाउँमा निकै सक्रिय हुनुभएको थियो । पछिल्लो ३ बर्षदेखि ३ सय विद्यार्थीलाई नियमित रुपमा कापी, कलम र डे«स वितरण गर्दै आउनुभएका धरेलले थाइल्यज्ड, इन्डिया, मलेसियालगायत झन्डै आधा दर्जन देशको भ्रमण गरिसक्नुभएको छ । काठमाडौंकेन्द्रीत पर्यटनलाई गाउँ–गाउँमा पुर्याउँदै एक घर एक पर्यटकको अवधारणा लागु गर्दै नेपालका प्रत्येक गाउँलाई दार्जीलिङ बनाउन सकिने उहाँको विश्वास छ । उहाँ नेपाल हाइकिङ ट्रेकका संचालक हुनुहुन्छ ।
  • जस्फा पाण्डे महासचिवका प्रत्यासी गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० नेपालमा पहिलो महिला महासचिव बन्दै गर्नुभएकी जस्फा पाण्डेको उम्मेदवारी पर्यटनमा महिला सशक्तिकरणको सन्देश पनि हो । भिटोफमा सदस्य र सचिवका रुपमा सफल कार्यकाल पुरा गरिसक्नुभएकी उहाँ समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँकै नेतृत्वमा मकवानपुरको कुन्छालमा सफल होमस्टे प्रवद्र्धन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । अमेरिका, थाइल्यान्ड, भारत र युरोपका प्राय देशको भ्रमण गरिसक्नुभएकी पाण्डेले कुराभन्दा काम गरेर भिटोफलाई नयाँ उचाईमा पुर्याउने लक्ष्य लिनुभएको छ । उहाँ जस्फा इन्टरनेशनल ट्राभल एन्ड टुर्स्का संचालक हुनुहुन्छ ।
  • नवराज थापा सचिवका प्रत्यासी सचिवका प्रत्यासी नवराज थापा यसअघि गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० नेपालका सदस्य मात्र नभएर कार्यालय व्यवस्थापक हुनुहुन्थ्यो । सामाजिक सेवामा सक्रिय उहाँ असल सोच र असल कर्मको निरन्तरतामा विश्वास गर्नुहुन्छ । आफ्ना गाउँको स्कुलमा एक बर्षसम्म एकजना शिक्षकको पारिश्रमिक बेहोर्नुभएका उहाँले भारत, थाइल्यान्डलगायका देशहरको भ्रमण गरिसक्नुभएको छ । भिटोफलाई अझ सशक्त बनाउँदै गाउँमैत्री पर्यटनको पैरवी गर्ने उहाँको लक्ष्य छ । उहाँ आशाही टे«क्स एन्ड एक्सिपिडिसनका संचालक हुनुहुन्छ ।
  • कुलप्रसाद सुवेदी ९केपी० कोषाध्यक्षका प्रत्यासी कोषाध्यक्षका प्रत्यासी कुलप्रसाद सुवेदी ९केपी० हिमालयन स्माइल ट्रेक्स एन्ड एडभेन्चर्स्का संचालक हुनुहुन्छ । २०४८ सालबाट पर्यटनसँग जोडिनुभएका उहाँले समाजशास्त्रमा स्नातक गर्नुभएको छ । दर्जन बढी देशको भ्रमण गरिसक्नुभएका सुवेदी गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० नेपालका पूर्व सदस्य पनि हुनुहुन्छ । भिटोफको दुई बर्षे कार्यकालको अनुभवका आधारमा संस्थाको आर्थिक पाटो कमजोर भएको उहाँको बुझाई छ । भिटोफलाई आर्थिक रुपमा सक्षम बनाउँदै संस्थाको अग्रसरतामा नेपालका गाउँहरुलाई पर्यटनमैत्री र पर्यटनकेन्द्रीत बनाउने उहाँको योजना छ ।
  • उमेश दनै सहकोषाध्यक्षका प्रत्यासी सहकोषाध्यक्षका प्रत्यासी उमेश दनैले भौतिकशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । स्पिडी टुरिजम एन्ड ट्राभल्र्स्को संचालक उहाँले जापान, सिंगापुर, भारतलगायत आधा दर्जन देशहरु घुमिसक्नसभएको छ । भिटोफलाई युवा आकर्षण गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० नेपालमा युवा आकर्षण बढाउने उहाँको लक्ष्य छ । युवा जोश, जाँगर र सक्रियताले मात्र ‘गाउँ–गाउँमा पर्यटन’ भन्ने नारालाई व्यवहारमा सफल बनाउन सकिन्छ भन्ने उहााको विश्वास छ । उहाँ स्पिडी टुरिजम एन्ड टाभल्र्स्का संचालक हुनहुन्छ ।
  •  राममणि रिजाल सदस्यका प्रत्यासी आउटडोर हिमालयन ट्रेक्सका संचालक राममणि रिजालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक गर्नुभएको छ । पर्यटन सेवा संघको कार्यकारी सदस्य समेत भइसक्नुभएका उहाँले भारत, थाइल्यान्ड, नेदरल्यान्ड, फ्रान्स, बेल्जियम, इटाली, जर्मनी, नर्वेलगायतका देशहरुको भ्रमण गर्नुभएको छ । विकट गाउँका बाँझो खेतमा खेतीपाती गरी पर्यटकलाई लगेर स्थानीय गरीबी हटाउने उहाँको लक्ष्य छ । सन्तुलित आर्थिक समृद्धिको लागि गाउँमैत्री पर्यटन एक मात्र विकल्प हो भन्ने उहाँको बुझाई छ ।
  • शान्तकुमार बानियाँ सदस्यका प्रत्यासी बेटर भिटोफको नारा लिएर सदस्यका प्रत्यासी बन्नुभएका शान्तकुमार बानियाँ सन् २००० मा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएको हो । भरियाको रुपमा यो क्षेत्रमा आउनुभएका उहाँ गाइड हुँदै कम्पनी मालिकसम्म हुनुभएको छ । हाल म्याजिक हिमालय टे«क एन्ड एक्सिपिडिसनका संचालक हुनहुन्छ ।
Spread the love