अमेरिकामा एकै दिन ६८ हजार ४२८ कोरोना संक्रमीत

२ साउन, काठमाडौं : जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा एकै दिन ६८ हजार ४२८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । २४ घण्टामा अमेरिकामा ९७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयको ड्यास बोर्डमा उल्लेख छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ३५ लाख ६३ हजार ८ सय ४८ पुगेको छ ।

Spread the love