त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु

२१ वैशाख, काठमाडौं : त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि उडान बन्द छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च जारी राखेको छ ।

Spread the love