१० खर्बले बढ्यो सेयर लगानीकर्ताको पुँजी

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको पुँजीकरण गत असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । ५ महिनाको अवधिमा नै ९ खर्ब ९४ अर्ब ३१ करोड रुपैयाँले पुँजीकरण बढेर मंसिर मसान्तसम्म २७ खर्ब ८७ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । नेपाल धितोपत्र बोर्डले ३ अर्ब ४४ करोड बराबरको डिबेन्चर, ९३ करोड ८६ लाख बराबरको साधारण सेयर, ५३ करोड ३७ लाख बराबरको हकप्रद सेयर र ५० करोड बराबरको म्युचअल फण्ड गरी कुल ५ अर्ब ४१ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को चार महिनामा १ खर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको साधारण सेयर, ५ अर्ब ५३ करोड बराबरको बोनस सेयर, ४ अर्ब बराबरको डिबेन्चर, २ अर्ब २ करोड बराबरको हकप्रद सेयर र ६५ करोड बराबरको म्युचअल फण्ड गरी कुल १ खर्ब २१ अर्ब ६५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकले बताएको छ ।

 

Spread the love