‘साकुरा’ नेपाल-जापान सम्बन्ध सुमधुर बनाउने राष्ट्रिय फूल

‘साकुरा’ नेपाल-जापान सम्बन्ध सुमधुर बनाउने राष्ट्रिय फूल

काठमाडौँ, १९ मंसिर :  साकुरालाई शान्तिको प्रतीक मानिन्छ । विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानीले २३ देशका ३५ शहरमा साकुरा रोप्दै आएका छन् । नेपालमा यस वर्ष पहिलो पटक दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन राष्ट्रिय शहीद स्मारक गोकर्णमा डेढ फिट उचाइका २०० साकुरा फूल रोपिएको छ ।  नेपाल जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले जापानी राष्ट्रिय फूल ‘साकुरा’ रोप्न वृद्ध जापानीको समूह नेपाल आएको छ ।National election of nepal Nga_chhap-lagaune

 

नेपालका गाउँगाउँमा साकुरा रोपेर दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने चाहनाले बाह्र जनाको वृद्धको समूह नेपाल आएको हो । साकुरा रोप्न आएको चेरी ब्लुस्म एशोसिएसनका अधिकांश व्यक्ति ६० वर्षभन्दा बढी उमेरका छन् ।

Image result for sakura flower

पुष्परोपण शुरुवात गर्दै नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपालमा पनि साकुरा हुर्कन सक्ने वातावरण भएकाले शान्तिको सन्देश फैलाउने उद्देश्यले रोपिएको छ । नेपालमा साकुरा रोप्न प्राविधिक सहयोग गर्ने एशोसिएसनका मात्सुजावा हिरोबुमीले यस वर्ष रोपिएका फूल संरक्षण भएका आधारमा अर्को वर्षदेखि कार्यक्रमलाई विस्तार गरिने बताउनुभयो ।