वैशाख ९ को एकता ओझेल पर्दै

वैशाख ९ को एकता ओझेल पर्दै

काठमाडौं, वैशाख ९ मा पार्टी एकता गर्ने घोषणा गरिएको विषयले पुनः प्रवेश पाएपछि पूर्वघोषित मिति वैशाख ९ मा एमाले(माओवादी केन्द्रबीचको पार्टी एकता टर्ने देखिएको छ।  विवादित विषयमा सहमति खोजेर एकताको मिति घोषणा गर्ने जिम्मा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ। कम्युनिस्ट पार्टी स्थापनाको दिन भन्दै वैशाख ९ लाई एकताका लागि चयन गरिएको थियो। दुई दलको एकता संयोजन समितिको मंगलबारको बैठकमा माओवादीका तर्फबाट पार्टी एकतापछिको पार्टी र सरकारको नेतृत्वबारे प्रश्न उठेको थियो। यसअघि महाधिवेशनसम्म दुई अध्यक्ष रहने र सहमतिमा एकता महाधिवेशन गर्नेमा एमाले र माओवादीबीच समझदारी बनेको थियो।

कार्यदलले पार्टी एकतापछिको चुनाव चिह्न, सांगठनिक बाँडफाँट र जनयुद्धलाई विश्लेषण गर्ने विषयलाई विवादित सूचीमा राखेर प्रतिवेदन बुझाएका थिए।  विषयमा हालसम्म औपचारिक निर्णय हुन नसकेको भन्दै एकता संयोजन समितिले दुई अध्यक्षलाई नै जिम्मा दिएको माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले बताए। संयोजन समितिको अर्को बैठकले एकताको मिति घोषणा गर्ने श्रेष्ठले जानकारी दिए। एकता संयोजन समिति बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएको स्रोतले बतायो। विद्यार्थी भर्ना कार्यक्रमका लागि दुई दिन उपत्यकाबाहिर रहने र त्यसपछि मात्र एकताका लागि गृहकार्य हुने पोखरेलले वैशाख ९ को एकता ओझेल पर्दै  गैरहेको बताएका छन् ।