जंगली चराले खाने आहारमा कमि आयो – भोकै मर्ने त्र्रममा कालिज

kalij

जंगली चराले खाने आहारमा कमि आयो – भोकै मर्ने त्र्रममा कालिज

फाल्गुन १७, काठमाडौं  – ढुटोसमेत खान नपाएर मर्न थालेका शाही कालिन कालिजलाई दाना ख्वाउन अर्थले यसै साता वन मन्त्रालयलाई १० लाख ४५ हजार रुपैयाँ निकासा गरेको छ ।

‘रकम निकासा भएलगत्तै पिठो, भटमास, चोकर, नुन, मिश्चर, चना, मकै, गहुँ र पोसिलो ढुटोका लागि टेन्डर आह्वान गर्‍यौं,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) किशोरकुमार मेहताले शनिवार कान्तिपुरसित भने, ‘बल्ल राहत भयो, यति रकम असारसम्म दानाका लागि पुर्‍याउनुपर्छ ।’ कुनै बेला काजु, पिस्ता, किसमिस र बदाम खाएर रमाएका कालिजले माघदेखि बजेट अभावमा ढुटोसमेत खान पाएका थिएनन् ।

राजतन्त्रको अन्त्यसंगै नारायणहिटीबाट निकुञ्जको जिम्मामा रानीबनको ठूलो पिंजडामा राखिएका पहेंलो र सुनौंलो कालिजलाई ढुटोसमेत ख्वाउन नसक्दा मर्न थालेको भन्दै निकुञ्जले बजेट व्यवस्था गरिदिन गत महिना तालुकदार वन मन्त्रालयसंग आग्रह गरेको थियो ।

बजेट आएपछि शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जले शाहीकालिन पहेंलो र सुनौंलो प्रजातिका १ सय ६३ कालिजको दाना खरिद गर्न दुई दिनअघि टेन्डर खुलाएको छ ।

Tudikhel

६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस

आज फागुन ७ अर्थात ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस। ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विविध कार्यक्रम गरी मनाईदैछ । सैनिकमन्च टुँडिखेलमा बिहीबार विहान बिशेष कार्यक्रम आयोजना गरिएको छ। प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी राष्ट्रपति रामबरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला तथा मन्त्रीहरु ।

pashupati

शिवरात्रि व्यवस्थापन सकीयो – पशुपति क्षेत्र विकास कोष

काठमाडौँः पशुपति क्षेत्र विकास कोषले शिवरात्रीको तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । आइतबार पत्रकार सम्मेलन गदै कोषले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । शिवरात्रि व्यवस्थापनका लागि विभिन्न समिति गठन गरेर कोषले पशुपतिनाथ मन्दिर परिसारमा सरसफाइ तथा पुननिर्माणका कामहरु सेकेको छ । सुरक्षा, दर्शन र पास लगाएतका कामहरु समेत सकिएका छन् । यस वर्षको शिवरात्रिमा १० लाख भक्तजन पशुपति क्षेत्रमा आउने कोषको अनुमान छ ।

himani

दाइजो खोसेको भन्दै प्रेरणाले हालिन सरकारविरुद्ध मुद्दा

काठमाडौँः आफ्ना बाबु तत्कालीन राजा ज्ञानेन्द्र शाहले दाइजो बकस दिएको घरजग्गा जबरजस्ती सरकारी ट्रस्टमा राखिएको भन्दै पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी सिंह न्यायका लागि सर्वोच्च अदालत पुगेकी छन्। विवाहमा दिएको दाइजोमाथि कसैले प्रश्न उठाउन नसक्ने दाबी प्रेरणाको छ। प्रेरणा ज्ञानेन्द्रकी एकमात्र छोरी हुन्। उनको विवाह २०५९ माघ १० गते राजबहादुर सिंहसँग भएको थियो।
कित्ता नम्बर २५ को उक्त घरजग्गा काठमाडौं महानगरपालिका १३ छाउनीमा छ। अर्बौं रुपैयाँ पर्ने उक्त घरजग्गाको क्षेत्रफल ०७६६४।६० वर्गमिटर छ। इजलासले निवेदिकाको मागबमोजिम आदेश जारी हुन नपर्ने भए आधार र कारण खोलेर १५ दिनभित्र लिखित जबाफ पेस गर्न विपक्षी सरकारलाई आदेश दिएको छ। विवाह हुँदा आफ्ना बाबुले घरसहित काठमाडौं छाउनीको १५ रोपनी एक आना जग्गा दाइजो बकस दिएको तर सरकारले जबरजस्ती ट्रस्टमा राखेको दाबी प्रेरणाको छ।
‘मेरो हकभोगको दाइजो बकसको सम्पत्ति मेरो जानकारी एवं मञ्जुरीबिना अनाहकमा अपहरण हुने गरी ट्रस्टमा राखेकाले संवैधानिक एवं कानुनी हकमा आघात पुग्न गएको छ’, प्रेरणाले सर्वोच्चमा सोमबार दर्ता गरेको रिट निवेदनमा उल्लेख गरेकी छन्, ‘त्यस्तो अनधिकृत, स्वेच्छाचारीपूर्ण एवं गैरकानुनी निर्णय बदर गराई न्याय माग्ने अन्य प्रभावकारी वैकल्पिक उपचार अभाव भएको हुँदा सम्मानित अदालतसमक्ष नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७ बमोजिम यो निवेदन गरेकी छु।’
एकलौटी हकभोग हुने गरी दाइजो दिएको व्यहोरा उल्लेख गर्दै तत्कालीन श्री ५ महाराजधिराजका प्रमुख राजदरबार पदाधिकारीले २०६२ साल जेठ १० गते राजकीय सम्पत्ति कोष विभाग, राजदरबार तथा ढुकुटी विभाग ९राजदरबार० लाई लेखेको पत्रससहितका कागज प्रमाण रिटसँगै पेस भएको छ।
आफूसँग नसोधी सरकारले प्राकृतिक न्यायको सिद्धान्तविपरीत घरजग्गा ट्रस्टमा ल्याउने निर्णय गरेकाले बदर गर्न उनको माग छ। सरकारले नेपाल ट्रस्ट अध्यादेश, २०६४ अनुरूप उक्त जग्गा ट्रस्टमा राखेको हो।
आफ्नो विवाह हुँदा र दाइजो लिँदा तत्काल जारी रहेको नेपाल अधिराज्यको संविधान २०४७ को धारा ३० र ३१ अनुसार दाइजो बकसपत्र सम्बन्धमा कुनै प्रश्न उठाउन नपाइने दाबी उनले गरेकी छन्।
अन्तरिम संविधान र अध्यादेश लागू हुनुअघि नै आफ्नो हकभोग स्थापित भइसकेको प्रेरणाको जिकिर छ। सरकारले निर्णय कार्यान्वयन गर्न भन्दै ट्रस्टको नाममा बनाउन २०६४ पुस १ गते मालपोत कार्यालय कलंकीलाई परिपत्र गरेको थियो।
विधिवत् प्राप्त दाइजोको सम्पत्ति अपहरण हुन नसक्ने जिकिरसहित रिटमा लेखिएको छ, ‘स्वास्नी मानिसलाई माइतीमावलीपट्टिका नातेदार इष्टमित्रले दिएको चल अचल र त्यसबाट बढेबढाएको सम्पत्ति दाइजो हुने र त्यस्तो दाइजोको सम्पत्ति पाउनेले आफूखुस गर्न पाउने भन्ने मुलुकी ऐन स्त्री अंश धनको ४ र ५ नम्बरको कानुनी व्यवस्थाले पनि हक सुनिश्चित भई अकाट्य रहेको छ।’
उक्त घरजग्गा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, उनका छोराहरू दीपेन्द्र र निराजन कसैको नाममा नरहेको दाबी पनि रिटमा लिइएको छ। उक्त घरजग्गा ‘श्री ५ महाराजधिराज’ नारायणहिटी राजदरबारको नाममा स्रेस्ता कायम रहेको छ।
उक्त विवादमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ। न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले सुनुवाइपछि मन्त्रिपरिषद्, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नारायणहिटीस्थित नेपाल ट्रस्टको कार्यालय र मालपोत कार्यालय कलंकीसँग कारण माग गरेको छ।
इजलासले निवेदिकाको मागबमोजिम आदेश जारी हुन नपर्ने भए आधार र कारण खोलेर १५ दिनभित्र लिखित जबाफ पेस गर्न विपक्षीलाई आदेश दिएको छ।
यस्तै इजलासले विपक्षीसँग २०६४ पुस १ गतेको उक्त घरजग्गा ट्रस्टमा राने निर्णय कार्यान्वयनसम्बन्धी पत्र र सम्बन्धित अन्य सक्कल कागजात पनि मागेको छ। मुद्दालाई छिटो निचोडमा पुस्याउन अग्राधिकार पनि प्रदान गरिएको छ। अन्नपूर्ण पोष्टबाट

barta baithak

प्रधानमन्त्रीको बार्ताको प्रस्ताब मान्दै नौ – बिपक्षी मोर्चा

२६ माघ, काठमाडौं – एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले प्रधानमन्त्री सुशिल कोईलाको वार्ता प्रस्ताव अस्वीकार गरेको छ । एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको मोर्चाको बैठकले संविधान लेखनको बहुमतीय प्रक्रिया नरोकेसम्म वार्तामा नबस्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले आह्वान गरेको पत्रमा १२ बुँदे सम्झदारी, अन्तरिम संविधान र अहिलेसम्मका उपलब्धीलाई संस्थागत गर्ने प्रतिबद्धता नजाएको भन्दै अर्को पत्र पठाउनुपर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिएका छन् । मोर्चाले वहुमतीय प्रक्रियाका कारण नै दलहरुबीचको वार्ता हुन नसकेको भन्दै वार्ताका लागि प्रक्रिया रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।

Passport in Nepali Embassy.

Carelessness of neplease embassy at washington dc Passport Renew

03 FEB , KATHMANDU – Passport blues, part II.  Seven months ago, I applied to renew my passport in Nepali Embassy. Nowadays, I’m trying to follow-up in Nepal to check on the progress, but the Foreign Ministry staff in Kathmandu is saying they cannot locate my application. Now, they are asking me to send the confirmation number. Any ideas on how I can get that? As always, called/emailed the Embassy in DC with no response. They didn’t send a confirmation number and a receipt after receiving my application.
Prithibi jayanti

आज पृथ्वीनारायण शाहको जन्म जयन्ती – बिर्सन नहुने दिन

पौष २७ गते पृथ्वी जयन्ती नमनाउनु धेरै ठूलो दुःखको कुरा हो । जसले आधुनिक नेपालको एकीकरणको शुरुवात गरी नेपाललाई अंग्रेजको उपनिवेश हुनबाट बचाए । जसको योगदानले आज हामी नेपाली भन्न सकेका छौं । अखण्ड, सार्वभौमसत्ता सम्पन्न, स्वाधिन राष्ट्र निर्माण भएको छ । २००७ सालपछि पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाईंदै आए पनि २०६२र६३ को जनआन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको छ । तर एकता दिवस मनाउनु पर्ने आवाज भने आइरहेको छ । प्रधानमन्त्री सुशिल कोइरालाले पनि एकता दिवस मनाउनुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगे पनि अस्वीकार भएको छ ।
Baithak

आज पनि दलहरु बैठकमा – कुरा मिल्नेमा आशंका

संविधानका विवादित विषयमा सहमति जुटाउन आज पनि मुख्य दलहरुको बैठक बस्दैछ । बिपक्षी दलले पेश गरेको संविधानको अन्तरवस्तुको रूपमा रहेको राज्यको पुनःसंरचना, शासकीय स्वरूप, न्याय प्रणाली, निर्वाचन प्रणालीलगायतका विषयमा छलफल भए पनि कुनै पनि सहमति नभएको एमाओवादीका एक नेताले बताए। उनले आज काँग्रेस र एमाओवादी तथा मधेसी मोर्चाका बीचमा छलफल हुने र दिउँसो पुनः चार पक्षको संयुक्त बैठक जानकारी दिए ।  संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सहमति जुटाउनका लागि दिएको समयसीमा हिजो सकिए पनि दलहरूबीच कुनै पनि खालको सहमति हुन सकेको छैन ।

Simhadurbar

सचिव बढुवामा राजनीति

दि पावर न्युज संवाद दाता, काठमाडौ – सचिव बढुवा सिफारिस समितिले गृहकार्य प्रारम्भ गरेपछि यस्तो खेल शुरु भएको हो । लोक सेवा आयोगकी अध्यक्ष कयोदेवी यमी अध्यक्ष रहने बढुवा समितिमा मुख्यसचिव, कानुनसचिव तथा सामान्य प्रशासन मन्त्रालयका सचिव छन् । पाँच वर्षे पदावधि पुगेका र वरिष्ठतामा अगाडि रहेका सहसचिवहरुको क्रमशः फाइल अध्ययन भइरहेको छ ।
हाल विभिन्न मन्त्रालय तथा निकायमा १५ सचिव पद रिक्त छ । तीमध्ये तीन जना वरिष्ठताको आधारमा स्वत बढुवा हुनेछन् भने बाँकी १२ पदका लागि ३६ जना सहसचिवको नाम तय हुने प्रावधान छ । गत साउनमा कायममुकायम (कामु) सचिवमा सिफारिस भएका देवेन्द्र सिटौला, शंकर कोइराला र अन्नपूर्णनन्द दास भने जुनियरको आधारमा बढुवा नहुने निश्चित छ ।अर्थ मन्त्रालयका सहसचिव राजन खनाल र मोहनकृष्ण सापकोटाको पनि बढुवा हुने संभावना बढेको छ । यता सिटौला भने वरिष्ठतामा अगाडि नभए पनि यसअघि कामु सचिवको जिम्मेवारी भने पाइसकेका छन् ।

lodseding

लोडसेडिङ बढ्यो, अब दैनिक ११ घण्टा बत्ती जाने

काठमाडौँ, मङ्सिर २९ । नेपाल विद्युत प्राधिकरणले पुस-२ गतेदेखि लागु हुने गरी लोडसेडिङको समय बढाएको छ । यसअघि दैनिक ९ घण्टा मात्र हुँदै आएको लोडसेडिङ अब ११घण्टा लोडसेडिङ हुनेछ । हिउँद लागेसँगै नदीमा जलस्तर घटेपछि विद्युत उत्पान घटेर माग अनुसारको आपूर्तिमा कठिनाइ भएपछि लोडसेडिङ बढाइएको प्राधिकरणले जनाएको छ ।