नेपालगन्जमा मिस कलेज बाँके–२०१७

नेपालगन्जमा मिस कलेज बाँके–२०१७

यही भदौ ३१ गते नेपालगन्जमा मिस कलेज बाँके–२०१७ आयोजना हुने भएको छ । नाईल ईभेन्ट एण्ड म्यानेजमेन्टको आयोजनामा नेपालगन्जमै पहिलो पल्ट मिस कलेज बाँके आयोजना हुन लागेको हो । मिस कलेज बाँकेको उपाधि बिजेताले करिब ३ लाख रुपैयाँको ईटालीजेट स्कुटी, फस्ट रनरअपले ल्यापटप र सेकेन्ड रनरअपले एलईडी टेलिभिजन प्राप्त गर्ने आयोजकको भनाई छ । १६ बर्षदेखि २४ बर्ष उमेर समूहमा रहेका प्रतियोगिहरु विभिन्न जाती÷समुदायबाट प्रतिनिधित्व गर्छन् । यस किसिमको प्रतियोगितामा सम्भवत पहिलो पल्ट मुस्लिम र शिख समुदायका युवतीहरुले पनि प्रतिनिधित्व जनाउँदैछन् । त्यस्तै अन्य आठ विधामा उत्कृष्ठ हुनेहरुले पनि आकर्षक गिफ्ट ह्याम्पर पाउने छन् । मिस ट्यालेन्ट, मिस फोटोजेनिक, बेस्ट पर्सनालिटी, मिस कन्फिडेन्स, बेस्ट ड्रेस, भ्यूअर्स च्वोईस र मिस मल्टिमिडिया विधामा पहिलो हुनेले आकर्षक क्वालिटी प्रोडक्ट प्राप्त गर्ने नाईल ईभेन्ट एण्ड म्यानेजमेन्टका प्रेसिडेन्ट प्रविण गिरीले जानकारी दिए ।

मिस कलेज बाँके सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको आयोजकको भनाई छ ।  मिस कलेजको मुख्य स्पोन्सर क्लासिक ह्विल रहेको छ भने स्पोन्सरहरुमा एस्पर्ट एजुकेशन, गोर्खा बु्रअरी, अम्बे फर्निसिङ, सुप्रिम ड्रिङ्किङ् वाटर लगायत रहेका छन् । प्रतियोगिहरुको आत्मविश्वास बढाउन र समाजका विविध पक्षबारे जानकारी गराउन उनीहरुलाई बन्द प्रशिक्षणमा राखिएको छ । विभिन्न विधाका विज्ञहरुले प्रतियोगिहरुलाई प्रशिक्षण दिईरहेका छन् । स्रोत: eawadhpost.com