मेलम्ची खानेपानी आयोजना आर्थिक मसान्तको मुखैमा आएर ठप्प

मेलम्ची खानेपानी आयोजना आर्थिक मसान्तको मुखैमा आएर ठप्प

काठमाडौं : बढीमा चार महिनाभित्र काठमाडौंमा मेलम्ची पु¥याउने प्रतिबद्धता गर्दै  दसैंअघि नै सम्पन्न हुने भनिएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम आर्थिक मसान्तको मुखैमा आएर ठप्प भएको छ। तालिका बनाएर काम गर्ने भनिए पनि ठेकेदार कम्पनीले काम नगरेपछि सरकार अन्योलमा परेको हो। वैशाख १३ गते मन्त्रालयका उच्च कर्मचारी, मेलम्ची आयोजना विकास समितिका निर्देशक, एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधि, ठेकेदार र इन्जिनियरसमेतको सिंहदरबारमा बसेको बैठकमा साउन ३० गतेभित्र सुन्दरीजलमा पानी खसाल्ने गरीको तालिकासहित कार्ययोजना बनाइएको थियो। मन्त्रालयले इटालीमा रहेको ठेकेदार कम्पनी सीएमसीको केन्द्रीय कार्यालयलाई शुक्रबार अन्तिम पत्र पठाएको छ। मन्त्रालयका सचिव कृष्णराज बीसीले झन्डै एक महिनादेखि काम रोकिएको जानकारी दिँदै अब पनि उच्च व्यवस्थापनले गम्भीरता नदेखाए सरकारले जस्तोसुकै कदम पनि चाल्न सक्ने चेतावनी दिए।

जेठ १६ गते मन्त्रालयका सचिवको नेतृत्वमा टोेली पुग्दा इन्जिनियरबाहेक कोही नभएपछि राष्ट्रिय गौरवको आयोजना मेलम्ची दूरवस्थामा पुगेको थाहा पाएका थिए। भूकम्पलगायत कारणले ढिलो भएको र क्षतिपूर्तिबापत एक अर्ब ६५ करोड रुपैयाँ दाबी गरेको समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए।