ओली तीन वर्ष, प्रचण्ड दुई वर्ष – प्रधानमन्त्रीमा भागवण्डा

ओली तीन वर्ष, प्रचण्ड दुई वर्ष – प्रधानमन्त्रीमा भागवण्डा

२ फागुन, काठमाडौं । दुबै दलका नेताहरुले बताएअनुसार एकतापछि पार्टीमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको संयुक्त नेतृत्व हुनेछ भने प्रधानमन्त्री आलोपालो हुनेछन् । पार्टी एकता संयोजन समितिमा छलफल लम्बिएपछि बुधबार एमाले र माओवादी केन्द्रको पार्टी एकता वार्ताले पूर्णता पाउन सकेन । यद्यपि पार्टी र सरकारको नेतृत्व भागवण्डामा चलाउन शीर्ष नेतृत्व सहमत भएका छन् । यसलाई अन्तिम रुप दिन बुधबार मानभवनस्थित एक घरमा एकता संयोजन समितिको बैठक झण्डै ४ घन्टा चलेको थियो । एमाले र माओवादीबीच ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति पनि जुटेको बताइएको छ । तथापि आलोपालो सरकार चलाउने माओवादी प्रस्तावमा एमालेभित्र केही असन्तुष्टि छ । शीर्ष नेताहरुले प्रस्तुत गरेको एजेण्डा गम्भीर र सकारात्मक भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए । उनका अनुसार भोलि थप छलफल हुनेछ । एमाले उपाध्यक्ष वामदेव गौतमले भने ९५ प्रतिशत कुरा मिलेको प्रतिक्रिया दिएका छन् । संयोजन समितिको बैठकअघि एमाले स्थायी कमिटी र माओवादी केन्द्रीय कार्यालयका छुट्टा-छुट्टै बैठक बसेको थियो, जहाँ ओली र प्रचण्डले आफूहरुबीच भएका वार्तामा आफूहरुबीच भएको सहमति जानकारी गराएका थिए ।

माओवादी नेताहरुले भने भद्र सहमति भइसकेको दाबी गर्दै आएका छन् । एमालेभित्र केही नेताहरु आलोपालोको विपक्षमा रहे पनि यद्यपि वाम गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष वामदेव गौतमले सार्वजनिक रुपमा नै आलोपालो प्रधानमन्त्रीको सहमति भएको यसअघि नै बताउँदै आएका छन् । बुधबार एमाले अध्यक्ष ओलीले ‘प्रचण्डजीले जोड दिनुभएको छ’ भन्दै आलोपालो स्वीकार गरेको पार्टी नेताहरुलाई बि्रफिङ गरेका छन् ।

k p oli and pushpakamal dahal in thepowernews

प्रधानमन्त्री केपी ओलीको उग्र मधेसविरोधी नीतिप्रति प्रचण्ड असहमत

काठमाडौं – एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले यति छोटो समयमा सरकार गिराउन व्यवहारिक नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको मधेश विरोधी रबैया बढेको भन्दै असहज महसुस गर्न थालेका छन्।
दाहाललाई उद्धृत गर्दै वार्तामा सहभागी मोर्चाका एक नेताले भने, ‘तपार्इंहरूका मुद्दालाई सम्बोधन गरौं भने यति छिट्टै कसरी सरकार गिराउनु ? नगरौं भने मुलुकको एकतामै अप्ठ्यारो परिसक्यो।’ दाहालले प्रधानमन्त्री केपी ओलीको उग्र मधेसविरोधी नीतिप्रति आफू असहमत रहेको पनि बताएका थिए। एकातिर ओली र अर्कोतिर मधेश केन्द्रीत दलको आन्दोलनका कारण मुलुकको एकतामै अप्ठ्यारो परिसकेको उनको धारणा छ।  संयुक्त मधेसी मोर्चाका नेतासँग शनिबार बिहान भएको वार्तामा खुलेरै आफ्नो द्विविधा पोखेका थिए।

व्यवस्थापिका संसद्मा रहेको संविधान संशोधनसम्बन्धी प्रस्तावका पक्षमा मोर्चालाई आउन पनि आग्रह गरेका थिए।वार्तामा सहभागी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सीमांकनका विषयमा मोर्चाले दिएको अवधारणाको कार्यान्वयनका लागि संविधान संशोधन नभएसम्म सत्ता पक्षको कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताएका थिए।