प्रधानमन्त्री केपी ओलीको उग्र मधेसविरोधी नीतिप्रति प्रचण्ड असहमत

k p oli and pushpakamal dahal in thepowernews
काठमाडौं – एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले यति छोटो समयमा सरकार गिराउन व्यवहारिक नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको मधेश विरोधी रबैया बढेको भन्दै असहज महसुस गर्न थालेका छन्।
दाहाललाई उद्धृत गर्दै वार्तामा सहभागी मोर्चाका एक नेताले भने, ‘तपार्इंहरूका मुद्दालाई सम्बोधन गरौं भने यति छिट्टै कसरी सरकार गिराउनु ? नगरौं भने मुलुकको एकतामै अप्ठ्यारो परिसक्यो।’ दाहालले प्रधानमन्त्री केपी ओलीको उग्र मधेसविरोधी नीतिप्रति आफू असहमत रहेको पनि बताएका थिए। एकातिर ओली र अर्कोतिर मधेश केन्द्रीत दलको आन्दोलनका कारण मुलुकको एकतामै अप्ठ्यारो परिसकेको उनको धारणा छ।  संयुक्त मधेसी मोर्चाका नेतासँग शनिबार बिहान भएको वार्तामा खुलेरै आफ्नो द्विविधा पोखेका थिए।

व्यवस्थापिका संसद्मा रहेको संविधान संशोधनसम्बन्धी प्रस्तावका पक्षमा मोर्चालाई आउन पनि आग्रह गरेका थिए।वार्तामा सहभागी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सीमांकनका विषयमा मोर्चाले दिएको अवधारणाको कार्यान्वयनका लागि संविधान संशोधन नभएसम्म सत्ता पक्षको कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताएका थिए।
Spread the love