नेपाल प्रहरीको २६ औं अाईजीपीमा सर्वेन्द्र खनाल नियुक्त

नेपाल प्रहरीको २६ औं अाईजीपीमा सर्वेन्द्र खनाल नियुक्त

नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएका छन् ।  शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् । आज बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले खनाललाई महानिरीक्षक (अाईजीपी)मा बढुवा गर्ने निर्णय गरेको हो  । अाईजीपी प्रकाश अर्यालसहित एआईजीहरुले भोलीबाट अबकश पाउँदै छन् । सार्वजनिक माइक्रो चालक र सहचालकलाई पोशाक लगाउने नियम बसालेका खनालकै पहलमा १० बर्ष देखी बिग्रेका ट्राफिक बत्तीको मर्मत गरी बल्न थालेका छन् ।  राष्ट्र र जनताको पक्षमा काम गर्ने कुशल र बहादुर योद्धा खनाल जस्ता प्रहरी अधिकारी विरलै जन्मन्छन् । जसको कामप्रति आशा र भरोषा गर्न सकिन्छ । नेपाल प्रहरीमा कुनै पनि ठाउँमा अराजकता फैलिएपछि त्यहाँको वस्तुस्थिति नियन्त्रण गर्नका लागि पटक–पटक खनाललाई पठाउने गरेको थियो। मधेस अन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन खनाललाई नै खटाएको थियो।जनआन्दोलनमा काठमाडौंको प्रमुख हुँदा उनले निभाएको भूमिकाकै कारण पनि उनी प्रहरीको नेतृत्व सम्हाल्न सक्छन भन्ने प्रमाणित गरेको छ। खनालका चर्चित कामहरु छन् , जसले उनलाई सफलताको उचाइमा पुर्याएको थियो । मोस्टवान्टेड सूचिका गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर। खनाल अपराध महाशाखामा आएपछिको पहिलो ठूलो सफलता थियो, जसका कारण काठमाण्डौंमा शान्ति सुरक्षा एवं अमन चयन कायम गर्न उनको उल्केखनिय भूमिका रह्यो ।प्रहरी सेवामा रहेर काम गर्दा हालसम्म बसेको स्थानहरुमा उत्कृष्ट काम गरी   लोकप्रियता कमाइसकेका खनालले एक व्यवसायीक अधिकृतको छवि बनाएका थिए । प्रहरीको व्यवसायिक छवि एवं संगठनको प्रतिष्ठा सर्बदा उंचो राख्न खनालका दर्जनौं कामका श्रृंखलाहरु छन्, जसले उनलाई सफलताको उचाइतर्फ दोहोर्याएको छ घैँटे इन्काउन्टरका बेला नेपालबाट मात्र होइन विदेशका पनि नेपालीहरुले फोनबाट बधाई दिएका थिए उनलाई । खनाल महाशाखामा हुँदा लागु औषध र अपहरण काण्डका अभियुक्त जेलबाट भागेका रावणजीत तामाङलाई गोली हानेर पक्राउ गरेका थिए । त्यस्तै काम गरेपछि परिणाम देखाउने खुबी भएका उनको दोस्रो ठूलो सफलता थियो, पैसामा खेल बेचेर सबै देशको इज्जत फाल्ने फुटबल खेलाडीमाथिको ठूलो र जोखिमयुक्त अप्रेसन । लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हत्कडी लगाए । खनाल महाशाखामा आएको केही समयमा  संचार उद्यमी जमिम साहको हत्याका मुख्य आरोपीलाई पक्राउ परे  । जमिम हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । जमिम साहको २०६६ सालमा हत्या भएको थियो । त्यस्तै अर्को  निर्मम हत्याकाण्डको पर्दाफास पनि भयो ।