हुम्लामा हिमपातः तापक्रम माइनसमा

हुम्लामा हिमपातः तापक्रम माइनसमा

वर्षकै पहिलो हिउँ परेपछि गाउँका किसान भने खसी भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा हिमपात भएपनि दक्षिणी क्षेत्रमा भने पानी परेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए। हिमपातले किसान खुसी भएका छन् । गएको असोज अन्तिम सातादेखि राम्रोसँग पानी नपर्दा बारीमा छरेको गहुँबाली उम्रन नसकेकोमा दुख मनाउ गरिरहेका कृषकलाई भने यो हिमपातले खुसी बनाएको सिमकोटकी परेउकली रावतले बताइन्।