गोली चल्दा १ जना घाइते

गोली चल्दा १ जना घाइते

आज काठमाडौैं महनगरपालिकाको बिजेश्वरी क्षेत्रमा गोली चल्दा १ जना घाइते भएको छ । प्रहरीका अनुसार क्याफेमा लुटेरा समाउने क्रममा मुठभेड भएको र सोही क्रममा महानगरीय अपराध महाशाखाको टोलीले लुटेरामाथि गोली चलाएको जनाएको छ। हाल घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

मोरङमा आगलागी हुँदा तीन घर जलेर नष्ट

 मोरङको लेटाङमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालयका अनुसार आगलागीबाट स्थानीय मेषबहादुर विक, डोलप्रसाद मगर र भक्तबहादुर राईको घर जलेर नष्ट भएको जनाएको छ । आगलागी स्थानीयबासी र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।  इलाका प्रहरी कार्यालयका अनुसार बिजुली सट भएर आगलागी भएको जनाएको छ । आगलागीबाट ५० लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको प्रहरीले अनुमान गरेको छ ।


विप्लवले गाडीमा आगजनी

विप्लव नेतृत्वको समूहले मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रक जलाएका छन् । कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए । यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थाना भन्ज्याङ , चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

होटलमा आगलागी

जनकपुरको कदम चोकस्थित होटलमा ग्यास सिलिण्डर बिस्फोट भएर आगलागी हुँदा तीन होटलमा क्षति भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२ कदमचोकस्थित गोविन्द मिष्ठान भण्डार )र छेउमै रहेका दुई होटल समेत गरी ३ होटल जलेर पूर्णरुपमा नष्ट भएको जनाएको छ। होटलको भान्सामा राखिएको ८ ग्यास सिलिण्डर बिस्फोट भएर आगो लागेको प्रहरीले जनाएको छ। उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण आएको छैन ।आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा पाँच घर जलेर नष्ट

सप्तरीमा विद्युत् चुहिएर आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । स्थानीय राशिन्द्र यादवको घरबाट सूरु भएको आगोले काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार करिब सात लाख बराबरको क्षति भएको जानकारी दिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा राजविराज नगरपालिका र वारूणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । स्थानीयवासीका अनुसार अन्नपात, लत्ताकपडा, भाँडावर्तन, सरसामान आगलागीमा परी जलेर नष्ट भएको जानकारी दिएको छ।

केमिकल गोदाममा आगलागी

ललितपुरको केमिकल गोदाममा आगलागी भएको छ । ललितपुर प्रहरीका अनुसार आगलागीबाट गोदामका सामान जलेर नष्ट भएको जानकारी दिएको छ । ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकाको ४ दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । आगलागीको कारण खुलेको छैन । आगलागीबाट कति क्षति भयो खुल्ल सकेको छैन ।

नारायणगढको ग्लोबल आइएमई बैंकमा आगलागी

 चितवन  : नारायणगढको ग्लोबल आइएमई बैंकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर     भएको जानकारी दिएको छ ।  आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन । स्थानीयवासी र दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु 

संयुक्तराज्य अमेरिकामा लस एन्जलस नजिकै बाउलिङ खेलका क्रममा गोली चल्दा तीन जनाको मृत्यु  भएको  छ ।  प्रहरीका अनुसार घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । चार जना घाइते भएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले सातै जना पीडितहरु पुरुष रहेको जनाएको छ ।