ग्रिजम्यानको फ्रिकिकमा भरानेको हेड गोल

ग्रिजम्यानको फ्रिकिकमा भरानेको हेड गोल

मस्को : पहिलो हाफको ४० औं मिनेटमा डिबक्स नजिकै पाएको फ्रिकिकबाट गोल भएको हो । रुस विश्वकप अन्तर्गतको पहिलो क्वाटरफाइनलको पहिलो हाफमा फ्रान्सले अग्रता लिएको छ ।  एन्टोइन ग्रिजम्यान प्रहार गरेको फ्रिकिकलाई  डिफेन्डर राफायल भरानेले हेडमार्फत सुन्दर गोलमा परिणत गरेका हुन् ।   दुई पूर्वविजेता फ्रान्स र उरुग्वेको खेल प्रतिस्पर्धात्मक बनेको छ  । उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो । जारी विश्वकपमा पनि उरुग्वेका स्ट्राइकरद्वय लुइस स्वारेज र एडिन्सन काभानीको जोडी निकै जमेको छ । प्रिक्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध दुई गोल गरेका काभानी चोटग्रस्त भएकाले शुक्रबार मैदानमा छैनन् । सन् १९९८ मा विश्वकप जितेको फ्रान्ससँग पनि युवा र उत्कृष्ट फुटबलर छन् । अन्तिम १६ को खेलमा अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको फ्रान्स उच्च मनोबलका साथ मैदानमा छ भने अन्तिम १६ मा पोर्चुगललाई पराजित गरेको उरुग्वेसमेत फेरि विश्वकप उपाधि उचाल्ने ध्यानका साथ मैदानमा छ । पौने आठबाट निझ्नी नोभगोरोद रंगशालामा  सुरु भएको खेलको पहिलो हाफमा उरुग्ले १–०ले पछाडि परेको छ । उरुग्वे सन् १९३० मा भएको पहिलो संस्करण र सन् १९५० मा विश्वविजेता टोली हो ।   अग्रपंक्तिमा ग्रिजम्यान, केलियन एमबाप्पे र ओलिभर गिरोडको बलियो ‘ट्रायो’ जम्दा मिडफिल्डमा पल पोग्बा र रक्षापंक्तिमा बार्सिलोनाका सामुएल उम्टिटीको सुदृढ ‘ब्याकअप’ रहेको छ।

फ्रान्स विश्वकप फुटबलको अन्तिममा प्रतियोगिताबाट बाहिरियो

रूस –फ्रान्सलाई अघिल्लो चरणमा प्रवेश गराउन पहिलो हाफको ३४ औं मिनेटमा ओलिभर जिरुडको पासलाई सदुपयोग गर्दै बाप्पेले गोल गरेको फ्रान्स विश्वकप फुटबलको अन्तिम १६ मा बाहिरिएको छ।  विश्वकप फुटबल समूह सी को आफ्नो दोस्रो खेलमा पनि फ्रान्स विजयी भएको छ। इकाटेरिनबर्ग एरिना रंगशालामा बिहीबार सम्पन्न दोस्र्रो खेलमा फ्रान्सले पेरूलाई १–० को झिनो गोलअन्तरले पराजित गरेको छ। जितसँगै फ्रान्स अन्तिम १६ मा प्रवेश गर्दा पेरू भने प्रतियोगिताबाट बाहिरिएको छ। पेरू आफ्नो पहिलो खेलमा डेनमार्कसँग पराजित भएको थियो। यता विजयी फ्रान्सले भने पहिलो खेलमा अष्ट्रेलियालाई पराजित गरेको थियो।  एमबाप्पे फ्रान्सका तर्फबाट विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी समेत बनेका छन्। एमबाप्पे १९ वर्ष १ सय ८३ दिनका भएका छन्। बाप्पेले गरेको गोलनै फ्रान्सलाई अन्तिम १६ मा पुर्याउन पर्याप्त  भएको छ।