५८ किलाे चरेससहित ५ जना पक्राउ

५८ किलाे चरेससहित ५ जना पक्राउ


बर्दियाको गुलरियाबाट प्रहरीले ५८ किलाे लागूऔषध चरेससहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भन्सार राेडमा चेकजाँचका क्रममा उनीहरूबाट चरेस बरामद भएकाे जनाएकाे छ । भागेका दुई जनाकाे खाेजीका लागि बर्दियाकाे सम्पूर्ण नाकामा चेकजाँच कडा पारिएकाे छ भने जिल्ला प्रवेश गर्ने र बाहिरिने सवारीसाधनकाे समेत चेकजाँच कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । पक्राउ पर्नेमा दाङ घाेराहीका ३४ वर्षीया राजकुमार पुन मगर, २७ वर्षीया जुनतारा पुन, ३४ वर्षीया सुनथामी बुढामगर, २९ वर्षीया खिमप्रसाद राेक्का मगर र रूकुम उतरगंगा निवासी २६ वर्षीया अस्मिता रामजाली रहेका छन् ।

१८ किलो चाँदी सहित एकजना पक्राउ

जनकपुरबाट भारतीय सिमावर्ती क्षेत्रमा साढे १८ किलो चाँदी सहित  एकजनालाई पक्राउ परेको छ।
जनकपुर उपमहानगरपालिका अनुसार पक्राउ पर्नेमा  महोत्तरीका पीपरा गाउँपालिका वडा नम्बर ५ सहरबा बस्ने वर्ष ३० का भरतकुमार साह रहेको जानकारी दिएको छ ।

ज ७ प ५७७१ नम्बरको मोटरसाईकलमा जनकपुर हुँदै सिमावर्ती क्षेत्रबाट भारततर्फ गइरहेका उनीबाट ५ वटा प्लास्टिकको पोकामा रहेको सो परिणामको चाँदी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । बरामद चाँदी १३ लाख ५० हजार रुपैयाँ मूल्य बराबर रहेको छ ।

लागुऔषध सहित ३ भारतीय पक्राउ


विरजञ्जबाट हेटौंडा आउँदै गरेको गाडीबाट प्रहरीले लागुऔषध चरेश सहित ३ भारतीयलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार भारत कै नम्बर प्लेट भएको कारबाट चरेश ल्याउँदै गरेको अवस्थामा उनीहरु समातिएको जनाएको छ । उनीहरुले बि. आर. ०१ पी एफ ७९९८ नम्बरमा कारको अगाडी एसी रहेको ठाउँमा एउटा बक्स बनाएर लुकाइ छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका उनिहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही हुने प्रहरीले जनाएको छ ।

१८ करोड हिनामिना गरेको आरोपमा म्यानेजर पक्राउ


विकास बैंकमा करिब १८ करोड हिनामिना गरेको आरोपमा भरतपुर निबासी २९ वर्षीय समिर बुढाथोकीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १८ करोड हिनामिना गरेको आरोपमा देवः विकास बैंकका व्यवस्थापक (म्यानेजर) लाई पक्राउ गरेको छ । पक्राउ परेका बुडाथोकी वेस्टर्न डेभेलपमेण्ट बैंक र देवः विकास बैंक गाभिएपछि उक्त शाखामा व्यवस्थापकको रुपमा काम गर्दै आएका थिए । विकास बैंकको १७ करोड ९९ लाख ९० हजार रुपैयाँ अनियमितता गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङले बुढाथोकीविरुद्ध बैंकिङ्ग कसुर तथा सजाँय ऐन अन्तरगत मुद्दा दर्ता गरेको छ । उजुरीमा बुढाथोकीले घोराही उपमहानगर-१० नारायणपुरको शाखाबाट कर्जा स्वीकृति नगराई ऋण प्रवाह गरेको उल्लेख गरिएको छ ।

सेनामा भर्ती गराइदिने भन्दै रकम असुली गर्ने सात पक्राउ

आफू भारतीय सेनामा कार्यरत रहेको र भारतीय सेनामा भर्ना गराइदिने भन्दै रकम असुली गरिरहेका सात जनालाई बाँके प्रहरीले रु ३८ लाखसहित पक्राउ गरेको छ । बाँके प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको छ । पक्राउ परेका सातै जनाको मध्ये दुई जना महिला छन् । बाँके प्रहरीका अनुसार पीडित पक्ष सम्पर्कमा नआएकाले उनीहरुले क–कसबाट कति रकम असुलेको भन्ने खुलेको जनाएको छ । थप अनुसन्धान भैरहेको छ ।

१५ के.जि लागू औषध सहित ३ जना पक्राउ

काठमाडैको वलम्वुुमा लागू औषध सहित ३ जना पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सुचना प्राप्त हुना साथ टोली परिचालन गरि खोजतलास गर्ने क्रममा ढुङ्गे अड्डा नजिक शंकास्पद अवस्थामा कालो झोला वोकि ३ जना हिडिरहेको अवस्थामा फेलापारी खान तलासी गर्दा लागू औषध फेला परेको जानकारी दिएको छ । १५ किलो लगु औषध सहिद ३ जनालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसरवाट थप अनुसन्धान भईरहेको छ ।

नक्कली छाप र लागुऔषध कारोवार गर्ने दाजुभाई पक्राउ

महानगरीय प्रहरी वृत्त बौद्धले गोप्य सूचनाको अधारमा नक्कली छाप र लागुऔषध कारोवार गर्ने  दाजुभाईलाइ पक्राउ गरेको छ ।प्रहरीले अभियुक्तहरुको कोठमा खानतलासी गर्ने क्रममा  कोठाबाट १६ थान फेनरागन, ११ थान नर्फिन र १४ थान डाइजेल्याप गरी जम्मा ४१ थान लागुऔषध बरामद गरेको थियो ।

दाई सुजन मगरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएपछि निजले आफ्नो भाइको काठमाडौँ चुच्चेपाटीस्थित ‘टावी इन्टरनेशनल कन्सल्टेन्सी’ भएको र छापहरु उक्त कन्सल्टेन्सीको रहेको बताएका थिए । उक्त जानकारी पछि बौद्ध प्रहरीले तत्काल उक्त कन्सल्टेन्सीमा छापा मार्दा विभिन्न सरकारी कार्यालयका लेटरप्याड, विभिन्न प्रदेश, गाउँपालिका, नगरपालिका तथा वडाले प्रमाणित गरेका नक्कली कागजातहरु फेला पारेको थियो ।प्रहरीले दाजुभाइलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरेको छ ।

 

 

 

जापान पठाइदिने भनी करोड ठगी गर्ने युवक पक्राउ

सरकारी कोटामा कृषिसम्बन्धी कामको लागि जापान पठाइदिन्छु भनी २८ जनासँग प्रतिव्यक्ति ७ देखि १२ लाख रुपैयाँ लिएर १ करोड ३१ लाख ठगी गरेको आरोपमा  एक करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले सिन्धुपल्चोक मेलम्चीका सविन प्रकाश दनवारलाई पक्राउ गरेको छ । विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष हुँ भनेर १ करोड ३१ लाख ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

 

 

 

ट्याक्सी चालकलाई लुट्ने पक्राउ

काठमाडौं : काठमाडौंको बुढानिलकण्ठ–७, चपली हाइटमा ट्याक्सी चालकलाई लुट्ने ३ जना पक्राउ परेको छ ।  ट्याक्सीमा यात्रु बनेर चढेका उनीहरुले चपली हाइटमा पुगेपछि चक्कु देखाएर लुटपाट गरेका थिए । प्रहरीका अनुसार चालकको साथबाट उनीहरुले मोबाइल र नगद लुटपाट गरेर  भागेपछि  तत्कालै पक्राउ  गरेको जानकारि दिएको  छ । उनीहरुको साथबाट ५ हजार ६ सय रुपैयाँ नगदसहित ६ वटा मोबाइल, एउटा औंठी, खुकुरी, हाते बञ्चरो, चक्कु लगायतका सामाग्री बरामद भएको छ ।