त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कर्मचारी झुण्डीर आत्महत्या

काठमाडौं, २४ मंसिर :आइतबार साँझ  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । ७६ वर्षीय कृष्णबहादुर बोहराले झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका  अनुसार ३ धारामार्ग बस्ने बोहरा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला पारेको जानकारी आएको हो । अक्सिजन प्लान्ट शाखामा कार्यरत भई विसं २०६० मा अवकाश लिएका बोहरा  रक्तचापबाट बिरामी बोहराले के कारणले आत्महत्या गरे भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ ।

Spread the love