बेमौसमी हिमपात -बैशाखमा हिउँ पर्यटकलाई सास्ती

मुस्ताङ : मुस्ताङको थासाङ गाउँपालिका लेते आसपासदेखि उपल्लो मुस्ताङको लोमान्थाङसम्म बाक्लो हिमपात भएको छ ।  हिमालपारिको जिल्ला मुस्ताङमा बेमौसमी हिमपात भएको छ । मुक्तिनाथदेखि माथिल्लो क्षेत्रमा आंशिक हिमपात भएपछि आज बिहानबाटै तल्लो सतहसम्म पनि बाक्लो हिमपात भइरहेको छ । स-माघमा पर्ने हिउँ यसपटक बैशाखमा परेको छ ।  जनजीवन अत्यन्तै कष्टकर भएको छ । मुस्ताङ भित्रएका आन्तरिक पर्यटकहरुलाइ समेत सास्ती भएकाे छ । मुक्तिनाथ क्षेत्रमा बाक्लो हिमपात भएपछि आन्तरिक पर्यटकलाइ कागबेनीमै उचित व्यवस्थापन गरिए मुस्ताङ  प्रहरी कार्यलयले बताएको छ ।

Spread the love