कैलाश सिरोहियालाई नागरिकता दुरुपयोग गरेको उजुरीको आधारमा तीन दिन हिरासतमा राख्न अनुमति

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।  कैलाश सिरोहियालाई नागरिकता दुरुपयोग गरेको उजुरीको आधारमा तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। धनुषा जिल्ला अदालतमा पेश गरिएका उनलाई न्यायाधीश चुरामन खड्काको इजलासले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो। उनलाई प्रहरीले पक्राउ गरी गएराति नै धनुषा पुर्‍याएको थियो। मंगलबारदेखि लागु हुनेगरी सिरोहियालाई हिरासतमा राख्न अनुमति दिएको अदालतका तहसिलदार पुष्पराज तिमल्सिनाले जानकारी दिए। नागरिकता सम्बन्धी कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। नागरिकता दुरुपयोग गरेको उजुरी परेपछि कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईको नेतृत्वमा पुगेको टोलीले काठमाण्डूको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रूपको मुख्यालयबाट सिरोहियालाई मङ्गलवार साँझ पक्राउ गरेको हो। प्रहरीले सिरोहियालाई उनकै कार्यकक्षबाट पक्राउ गरी लग्दै गरेको दृश्य कान्तिपुर टेलिभियजनको प्रत्यक्ष प्रसारणमा देखिएको थियो। उनलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले जेठ ८ गते अनुमति दिएको थियो।

Spread the love