‘बुद्धम् शरणम् गच्छामि’

gautam budha

सिद्धार्थ गौतमलाई शान्तिको प्रतीकको रूपमा आज विश्वभरि २५६८औं बुद्ध जयन्ती विभिन्न सत्सङ्ग, ध्यान र शरणागतिको माध्यमद्वारा मनाइँदै छ। सिद्धार्थ गौतमलाई शान्तिको प्रतीकको रूपमा  भाव र श्रद्धाका साथ प्रार्थना, मनन् र चिन्तन गरेर अन्त:स्करणको शुद्धि गरी परम आनन्द, परम शान्तिको अनुभूति गर्न सकिन्छ। वैदिक सनातन धर्ममा गौतम बुद्धलाई भगवान् विष्णुको अवतारका रूपमा मानी पूजा, अर्चना आदि गरेर यो पर्वलाई उत्सवका साथ मनाउने गरिन्छ। अहिलेको समयमा हेर्ने हो भने कोही राजकुमार या राजकुमार सरहको सेवा–सुविधामा हुर्केको व्यक्तिले शान्तिको खोजीको लागि भनेर घर, सम्पत्ति, परिवार त्यागेको व्यावहारिक रूपमा देख्‍न पाइँदैन। एकादुई त्यही बुद्धत्वको खोजीमा निक्लेका व्यक्तिले मात्र सर्वस्व त्यागेर साधना गरेको इतिहास छ।

Spread the love