सिनामंगल सडक बनाएको एक महिनामै भत्कियो

Sinamangal road in nepal

काठमाडौँ – सिनामंगलका स्थानीयबासीले सडक विस्तारको क्रममा लापरबाही भएकोले बनाएको एक महिनामै भत्किएपछि सर्वसाधारण आक्रोशित भएका छन्। बागमती पुलदेखि सिनामंगल चोकसम्मको आठ सय ५० मिटर सडक बिरुवा कन्ट्रक्सन, लामा विल्डरस् र च्याङजिला जेबीले बनाएको सडक एक महिना बित्न नपाउँदै भत्किएको हो। सडक निर्माणकै क्रममा इन्जिनियरले अनुगमनमै लापरबाही भएको दाबी स्थानीयको छ।
एक स्थानीयले भने, ‘सडक विस्तारको क्रममा कुनाकुनामा बसेर इन्जिनियरले अनुगमन गरेकाले सडक तत्काल भत्किएको छ।’ स्थानीयबासीले सडक निर्माणमा मापदण्ड विपरित निर्माण सामाग्री प्रयोग गरेको, पारदर्शी अनुगमन नभएको, पानी परेकै समयमा पिच गरेको, उचित ढंगले ढल व्यवस्थापन नगरेको लगायत गुनासो गरेका छन्। Sinamangal road in nepal
उपत्यका सडक विस्तार आयोजना प्रमुख मनोजकुमार श्रेष्ठ, इन्जिनियर शैलेन्द्र शर्मा र उमेश सुवेदीको निगरानीमा बनेको सडक महिना दिनमै भत्किएको स्थानीयको गुनासो छ।

Spread the love