आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि लोकप्रिय शिवपूरी हाइकिङ

Shivapuri haiking thepowernews powernews

काठमाडौं – पर्यटनको प्रबद्र्धन गर्ने उदेश्यले ३६ औँ विश्व पर्यटन दिवसको अवसरमा सोसाइटी अफ् टुर एन्ड ट्राभल अपरेटर्स (सोट्टो–नेपाल)ले हाइकिङ् कार्यक्रमको आयोजना गर्‍यो ।   उपत्यकाभित्रको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बुढानीलकण्ठको सिमानामा पर्ने शिवपूरी राष्ट्रिय निकुञ्ज हाइकिङको लागि अतिनै उपयुक्त क्षेत्र हो । चिसो हावा, सुन्दर तथा हरियाली जंगल र स्वच्छ वातावरण यस क्षेत्रका विशेषता हुन् । हाइकिङकै शीलशीलामा सोट्टो नेपालका  ‘शिवपूरी डाँडा काठमाडौं उपत्यकाको मुख्य जलाधार हुन् ।  काठमाडौमा बग्ने बाग्मती, बिष्णुमती लगाएत प्रसस्त नदीहरूको श्रोत शिवपूरी डाँडा नै हो । उपत्यकाबाट नजिकै रहेको यो स्थान अझै व्यवस्थित गर्नसके आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि एक आकर्षक हाइकिङ गन्तव्य बन्न सक्छ ।’
हाइकीङ कार्यक्रमको अन्त्यमा सोट्टो नेपालका महासचिव मधुसुदन उपाध्यायले यस रुट अझै व्यवस्थित बन्न नसक्दा पर्यटकहरु जंगलमा अलमल पर्नसक्ने बताए । उनले यसका लागि आगामी दिनमा यस क्षेत्रको प्रबद्र्धन गर्न सरकारसँग माग गर्ने पनि बताए ।सोट्टो–नेपालले भूकम्प पछि नेपालको पर्यटन प्रबद्र्धनका क्षेत्रमा देश विदेशमा विभिन्न कायक्रमहरु गर्दै आएको छ ।

Spread the love