सेयर बजारमा एकैदिन झन्डै सात अर्बको कारोबार

सेयर बजारमा अहिलेसम्मकै धेरै कारोबार भएको छ। नेपालको पुँजी बजारकै इतिहासमा आज अहिलेसम्मकै सर्वाधिक झन्डै सात अर्बको कारोबार भएको छ। नेप्से परिसूचक आइतबार ४.६९ अंकले बढेर १७८२.८१ विन्दुमा पुगेको छ । २०१ कम्पनीको ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ६० लाख भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् ।

सेयर बजारमा आइतबार देखिएको अर्को उत्साहजनक संकेत भनेको नेप्से सूचकले  १८ सय विन्दु छोएको छ। आइतबार १८ सय विन्दुको मनोवैज्ञानिक रेखालाई पनि पार गरेर फर्किएकोले बजार परिपक्क रुपमा अघि बढेको विश्‍वास लगानीकर्ताले गरेका छन्। नेप्सेको यसअघिको अधिकतम विन्दु १८८१ हो।

नेप्से सूचकमा निरन्तर वृद्धिसँगै कारोबार रकमले समेत नयाँ उचाइ हासिल गर्दै गएकोले लगानीकर्ताले सेयर बजार अब बुलिस बाटोतिर उन्मुख भएको विश्‍वास गर्न थालेका छन्।

 

Spread the love