पुरुष प्रधान देशमा सामाजिक संरचनागत व्यबहारमा परीबर्तनको खाचोँ – शन्तोषी शाह

शन्तोषी शाह, काठमाडौ : हाम्रो देश पुरुष प्रधान देश हो ! हाम्रो समाज जति शीक्षीत हुदै गएको छ , शीक्षीत समाज संगै जति सामाजिक संरचनागत व्यबहार मा परीबर्तन हुनुपर्ने हो त्यति हुन सकेको छैन , अझ भन्नुपर्दा सास्कृतीक मूल्य मान्यता परम्परा अन्धबीश्वास ले गर्दा एकल महिला लाई हेर्ने द्रुष्टीकोण मा परीबर्तन आउन सकेको छैन ! कुनै पुरुष को श्रीमती को मृत्यु भयो भने घरपरिवार समाज को मान्छे ले पुरुष लाई हौसला बढाउछ तीम्रो घरपरिवार , छोराछोरी छ तीमीले अर्को बीबाह गर्नुपर्छ भनेर तर कुनै महिला को श्रीमान को मृत्यु भयो भने घरपरिवार देखि समाज को मान्छे ले अझ मनोबल घटाउछ तिमी आपनो छोराछोरी को रेखदेख गर्नुपर्छ , तीमीले यसो गर्नु हुन्छ , यसो गर्नु हुदैन भनेर , एकल पुरुष लाई कुनै सास्कृतीक चाड्पर्ब भोजभतेर मा कुनै रोकटोक हुदैन भने एकल महिला लाई चाड्पर्ब भोजभतेर शुभकार्य मा बन्देज नै गरेको अहिलेसम्म पनि हामीले आपनो समाजमा देखीरहेका छौ ! हाम्रो देश नेपाल मा करीब छ लाख एकल महिला हरु छन तीनीहरु मध्ये ९०% पैतीस बर्ष मुनीका एकल महिला हरु छन् , पुरुष जनसंख्या को २% मात्रै एकल पुरुष हरु ले दोस्रो बीबाह गरेका छैनन् जुन कि ६० बर्ष भन्दा माथिका छन् , यसबाट नै प्रष्ट हुन्छ हाम्रो समाजमा कानुनले एकल महिला को पुर्नबीबाह गर्न मा कुनै बन्देज लगाएको छैन तर सास्कृतीक मूल्य मान्यता ले गर्दा पुर्नबीबाह गर्न सजिलो छैन , हाम्रो समाजमा एकल महिला हरु आपनै घरपरिवार बाट नै मानसिक र शारीरिक यातना भोग्न बाध्य छन् भने बाहिरी कामकाज गर्ने ठाँउ मा पनि मानसिक शारीरिक यातना भोग्न बाध्य छन् ! हामी शीक्षीत भए पनि आपनो घरपरिवार र समाज लाई ब्यबहारिक रूपमा शीक्षीत जबसम्म बनाउन सक्दैनौ तब सम्म एकल महिला हरु लाई हेर्ने दृष्टिकोण मा परीबर्तन आउन सक्दैन !

Spread the love