नख्खु कारागार भित्र संकास्पद गतिबिधि गरेपछि समिरमानलाई पुन: मुस्ताङ लैजाने तयारी

 काठमाडौं : नख्खु कारागार भित्र संकास्पद गतिबिधि गरेपछि निर्माण व्यबसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका नाइके समिरमान सिंह बस्नेतको रिहाइ गर्न माग गर्दै दायर भएको बन्दी प्रत्यक्षीकरण मुद्दा खारेज गरेसँगै उनलाई पुन: मुस्ताङ लगिने भएको छ । असोज १६ गते कारागार कार्यालय नख्खु ललितपुर र गृह मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गराएका थिए । न्यायाधीशद्धय शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलाशले सोमवार उक्त निर्णय गरेको छ। सर्वोच्चको उक्त आदेशपछि बस्नेत थुनामै रहने भएका छन् । सर्वोच्चले गुण्डा नाइके समीरमानको रिहाइ गर्न माग गर्दै दायर भएको बन्दी प्रत्यक्षिकरण मुद्दा खारेज गरेको छ । गौचन हत्याका नाइके समीरमानलाई भारतबाट पक्राउ गरी गत मंसिर १७ गते सार्वजनिक गरेको थियो ।

Spread the love