काठमाडौंमा सवारी पास लिनेको भीड

काठमाडौं : भाइरसको महामारी फैलिन नदिन लकडाउन समय थप गरेपछि सोमबार प्रशासनमा सवारी पास लिनेको भीड लागेको छ। प्रशासनमा पास लिनेको संख्या उल्लेख भएपछि प्रहरीमार्फत माइकिङ गर्दै जिल्ला प्रशासनबाट वितरण गरिने सवारी पास सम्बन्धित निकायहरुबाटै पास दिने व्यवस्था गरिएको जानकारी दिएको छ।
काठमाडौंमा बस्न नसक्ने र उपत्यकाबाहिर घर जानैपर्ने भएका बैंक तथा वित्तीय संघसंस्थाका कर्मचारीका लागि पास आवश्यक परेको खण्डमा राष्ट्र बैंकबाट वितरण गरिने छ। खाद्यबस्तु लगायतका अत्यावश्यक दैनिक उपभोग्य अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु आपूर्ति गर्ने निकाय / संघ संस्थाको हकमा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने जनाएको छ। प्रेसको हकमा भने सवारी पास मिडिया काउन्सिलको कार्यालयबाट लिन सकिने जनाएको छ।

Spread the love