बलात्कारपछि हत्या गरी फालिएको मृतक बालिकाको शव

काठमाडौं: कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला  काभ्रेमा बालिका बलात्कारपछि हत्या भएको घटना बाहिर आएको छ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सार्वजनिक भएको छ।  काभ्रेको तेमाल गाउँपालिका-१ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको छ।

Spread the love