भारतले प्याज निर्यात रोक्यो – नेपालमा व्याजको कालो बजारी

काठमाडौं : भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध परिमाण तोकेको छ। प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भदौ १५ मा प्रतिकिलो ५९ रुपैयाँमा कारोबार भएको थियो। असोज पहिलो साता यसको मूल्य अकासिएको छ।
नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। भारतीय नीतिले नेपाली बजारलाई प्रभावित गर्दै आएको छ। नेपालीहरुको महानचाड बडा दशैमा प्याजको खपत बडिहुनेभएकोले छिमेकी भारतले प्याजको निर्यातमा रोक लगाएको छ भने नेपाल भित्र प्याजको कालोबजारी हुन थालेको छ । मन्त्रालयले थोक विक्रेताको हकमा अधिकतम ५ सय र खुद्रा व्यापारीको हकमा १ सय क्विन्टल मात्रै भण्डारण गर्न पाउने कोटा तोकेको छ। अत्यधिक परिमाणमा भण्डारण गरी कालोबजारी गर्न सक्ने आशंकापछि यो कदम चालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Spread the love