अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध उजुरीपछि दाहालको भ्रमण रद्द

pushpa kamal dahal

२०७३ असार ९,- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध अस्ट्रेलियामा उजुरी परेका कारण अन्तिम समयमा भ्रमण रद्द र अध्यक्ष दाहालविरुद्ध विगतमा भएको युद्धकालीन अवस्थाका पीडितले अस्ट्रेलियाका मुख्य राजनीतिक दलका प्रतिनिधिहरू, मानवअधिकारवादी संघसंस्था, एमनेस्टी इन्टरनेसनल, मानवअधिकार सम्बन्धी वकालात गर्ने वकिलहरू र ठूला सञ्चार संस्थाहरूमा उजुरी गरेका छन् । माओवादी अध्यक्ष्ा दहालले अस्ट्रेलिया उड्नु केही घण्टाअघि मात्र भ्रमण रद्द गरेका थिए । पार्टीगत कामका कारण भ्रमण रद्द गरेको बताइए पनि उनी विरुद्ध यहाँ सबैतिर उजुरी गरिएपछि विभिन्न आशंकाले भ्रमण रद्द गरेको हुन सक्ने अनुमान उनी सम्बद्ध व्यक्तिहरूले नै बताएका छन् । बिहीबार बिहान अस्ट्रेलियाको मेलबर्नमा अवतरण गर्ने भनिएका दाहालका विरुद्ध तत्कालीन समयमा बाट पीडित एक महिलाले उजुरी दिएकी थिइन् ।

यता अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको पि्रमियरलाई एक व्यक्तिले इमेल लेखेर दाहालका विरुद्ध उजुरी दिएको सार्वजनिक भएको छ । उक्त उजुरीको जवाफ फर्काउँदै पि्रमियर माइक बेयर्डका एक कर्मचारी गायल मिचेलले यो विषय न्यु साउथ वेल्स प्रहरीलाई ध्यानाकर्षण हुनुपर्ने उल्लेख गर्दै सहायक पि्रमियर तथा न्याय तथा प्रहरी मन्त्री ट्रोय ग्रान्टलाई उक्त इमेल पठाइसकिएको लेखेकी छन् ।
अर्काेतिर अध्यक्ष दहालको भ्रमणको प्रबन्ध मिलाउन ४ दिनअघि अस्ट्रेलिया आएका नेकपा माओवादी अन्तर्राष्ट्रिय विभाग सचिव युवराज चौलागाईंले आफूले पनि यी कुराहरू केही मात्रामा सुनेको भए पनि यसमा सत्यता नभएको जिकिर गरे । दाहाल नेपालको प्रधानमन्त्री भइसकेको मान्छे र द्वन्द्वकालीन समयमा भएका घटनाहरूलाई सुल्झाउन कानुन बनिसकेको अवस्थामा यी कुराहरूले खासै प्रभाव नपार्ने उनले दाबी गरे । अन्तिम समयमा आएर पार्टी र सदनको कार्यव्यस्तताले नै भ्रमण रद्द भएको उनको दाबी थियो । स्रोत :- ekantipur

Spread the love