एमाले र माओवादी केन्द्र छुट्ट्याउने सर्वोच्च अदालतको फैसला पुनरवलोकन

फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नामबारे परेको पुरानो रिटमा फैसला दिँदै उक्त नाम अवैध मात्र भनेन अदालतको निर्णयका कारण सो पार्टीको एकीकरणमा धक्का पुग्यो र पार्टी पुरानो माओवादी केन्द्र तथा एमालेमा टुक्रिन पुग्यो। नेपाल कम्युनिस्ट पार्टी टुक्र्याइदिने सर्वोच्च अदालतको फैसलाविरुद्ध उसको तत्कालीन एउटा घटक नेकपा (माओवादी केन्द्र)ले झन्डै एक महिनापछि पुनरवलोकनको निवेदन दिएको छ। तर उक्त निवेदन दिनु उपयुक्त हो कि होइन भन्नेबारे भने दुईथरी टिप्पणी पाइएको छ।

एकथरीले पुनरवलोकन दिनु स्वाभाविक र महत्त्वपूर्ण भएको बताएका छन् भने अर्काथरीले यसको खासै औचित्य र उपयोगिता नहुने बताएका छन्।

Spread the love