पेट्रोल, डिजेल र मटितेलको नयाँ मुल्य सूची

७ मंसिर, काठमाडौं  : भारतीय आयल निगमले आइतबार शनिबार पठाएको नयाँ मुल्य सूचीअनुसार  सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँमा किन्न पाइनेछ । यस्तै डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँमा झरेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ । वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोलमा १२.३२ रुपैयाँ प्रतिलिटरले र डिजेलमा १५.७१ रुपैयाँले सस्तो  छ ।   खरिद मूल्य अत्याधिक बढेको बखतमा पनि नेपाल सरकार तथा सम्बन्धित संसदिय समितीको चाडवाडको बेला पेट्रोलियम पदार्थको मूल्य नबढाउन अनुरोध भएपछि निगमले मूल्यवृद्धि गरेको थिएन ।  पेट्रोलमा प्रतिलिटर ११.४४ रुपैयाँ नाफा छ । डिजेलमा प्रतिलिटर ५.८१ रुपैयाँ छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २/२ रुपैयाँ घटाएको अरिबन्द अग्रवालले जानकारी दिए ।

Spread the love