पसल फोडेर प्याज चाेरी

एजेन्सी, १२ मंसिर : हिन्दी न्यूज १८ को अनुसार अजय दासको पसलबाट ५० हजार बराबरको प्याज र लसुन चोरी भएको छ । नेपाली बजारमा मात्रै नभएर भारत बंगलादेशमा पनि प्याजको मूल्य दिनदिनै आकाशिदै गएको छ । भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा एक सब्जी पसल फोडेर चोरले प्याज चाेरेकाे छ । चोरहरूले पसलमा राखिएको पैसा भने चोरले लगेका छैनन् । केवल प्याज, लसुन र अदुवा मात्रै लिएर भागेको जनाईएको छ ।


Spread the love