ओलम्पिकको नयाँ मिति सार्वजनिक

एजेन्सी : टोकियो ओलम्पिकको नयाँ मिति टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म संचालन हुने सार्वजनिक भएको छ । कोरोना भाइरसका कारण एक वर्ष सरेको ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको हो । उक्त घोषणा अन्तराष्ट्रिय ओलम्पिक समिति, जापानी सरकार, टोकियो महानगरपालिका र स्थानीय आयोजक समितिको संयुक्त निर्णयपछि भएको हो। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भइरसका कारण यसअघि जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक स्थगित गरिएको थियो। आधुनिक ओलम्पिक खेलकुदको सुरुआत ग्रिसबाट भएको हो। त्यसैले विश्वको जुनसुकै राष्ट्रमा ओलम्पिक आयोजना भए पनि ओलम्पिक ज्योति भने ग्रिसबाट ल्याउने प्रचलन छ।

Spread the love