उधारो कारोबारमा संंलग्न एनटीभीका महाप्रबन्धक सहित तीन निलम्बित

Nepal Telivisition

काठमाडौँः नेपाल टेलिभिजनको सञ्चालक समितिले फर्जी कागजात पेश गर्ने विज्ञापन एजेन्सीसँग करोडौंको कारोबार गरेको अभियोगमा महाप्रबन्धक लक्ष्मण हुमागाईंलाई निलम्बन सिफारिस गरेको छ ।
समिति बैठकले सोही अभियोगमा आर्थिक प्रशासन महाशाखाका दुई अधिकारीलाई भने निलम्बन गरेको छ । महाप्रबन्धकलाई भने मन्त्रालयले मात्रै निलम्बन गर्न मिल्ने भएकाले बोर्डले सिफारिसमात्रै गरेको हो । श्रेष्ठ सञ्चालक रहेको वल्र्ड भिजन एडभर्टाइजिङ एण्ड वल्र्ड भिजन मिडिया बाईङ हाउस प्रालीले उधारोमा विज्ञापन कारोबारका लागि बैंक ग्यारेन्टी पेश गर्ने क्रममा नक्कली कागजात पेस गरेको भेटिएको हो ।

टेलिभिजनसँग उधारो कारोबारका लागि ५ करोड ८६ लाख रुपैयाँ बराबरको नक्कली बैंक ग्यारेन्टी पेस गरेको आरोपमा प्रहरीले विज्ञापन व्यवसायी दिनेश श्रेष्ठलाई पक्राउ गरेलगत्तै टेलिभिजनले निर्णय प्रक्रियामा संलग्न आफ्ना महाप्रबन्धकसहितलाई कारबाही गरेको कान्तिपुर दैनिकमा समाचार छ ।

Spread the love