न्यू-ओर्लियन्समा गोली चल्दा तीन जनाको ज्यान गयो

अमेरिका- शनिवार साँझ भएको न्यू-ओर्लियन्स स्थित सडकमा भएको गोलीबारीमा तीन जनाले ज्यान गुमाएका छन् ।   घटनामा सात जना घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीले यस घटनामा संलग्नको खोजी गरिरहेको छ । घाइतेलाई तत्काल स्थानिय अस्पतालमा उपचारका लागि लगिएको थियो ।  उक्त गोलीबारी शनिवार साँझ साढे आठ बजे त्यहाँको चर्चित पर्यटकिय स्थल फ्रेन्च क्वाटर भन्दा ३ माइल पर चिकेन एण्ड वाटरमेलन रेष्टुरेण्ट नजिक भएको थियो । अनुसन्धानमा संलग्न प्रहरीले अधिकारीले व्यक्तिगत इवीका कारण यो घटना भएको हुन सक्ने जनाएका छन् । स्थानिय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।  टेक्ससको रोब्सटाउनमा एउटै परिवारका पाँच सदस्य मृत फेला परेका छन् । गालीका कारण यो घटना भएको प्रहरीले जनाएको छ ।  तस्बिर: सामाजिक संजाल
Spread the love