१५ अप्रिल सम्म न्युयोर्कमा अत्यावश्यक बाहेकका कामदारलाई काममा जान रोक


न्युयोर्क : न्युयोर्कमा अत्यावश्यक बाहेकका कामदारलाई काममा जान अप्रिल १५ सम्म रोक लगाइएको छ । अत्यावश्यक बाहेकका अन्यले अप्रिल १५ सम्म घरबाटै काम गर्न सक्नेछन् । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले अप्रिल १५ सम्मका लागि ‘पज’ लम्बाउने घोषणा गरेका हुन् । सीडीसीले न्युयोर्क, न्युजर्सी र कनेक्टिकटका बासिन्दालाई ट्राभल एड्भाइजरी जारी गरेको भोलिपल्ट कुमोको घोषणा आएको हो । यी तीन राज्यमा ७० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भएको छ भने मृतकको संख्या १२ सय नाघेको छ ।

Spread the love