नाकाबन्दी भएदेखि प्रधानमन्त्री मन्त्रीकै सम्पर्कमा छैनन्

Susil-koirala

१३ असोज, काठमाडौं –  भारतको नाकाबन्दीका कारण जनजीवन कोलाहलपूर्ण बनिरहेको छ । तर, के तपाई पत्याउनुहुन्छ, नाकाबन्दी सुरु भएयता एकपटक पनि मन्त्रपरिषद बैठक बसेको छैन । पहिले हरेक सोमबार र विहीबार मन्त्रिपरिषद बैठक बस्ने गथ्र्यो । संविधान निर्माणको अन्तिम चरणमा हप्तामा एकपटक मात्र वैठक डाक्न थाले प्रधानमन्त्रीले । संविधान घोषणा भएपछि त त्यो पनि .छैन । क्याबिनेट नबसेका अवस्थामा प्रधानमन्त्रीसित अधिकांश मन्त्रीहरुको सोझो सम्पर्क पनि हुँदैन ।  यस्तो संकटको बेला तारन्तार बैठक र भेटघाटमा व्यस्त रहनुपर्ने यतिबेला मन्त्रीहरु कामविहीन जस्तै छन् । मन्त्रालय आउजाउ गर्नेबाहेक उनीहरुको कुनै व्यस्तता छैन । मन्त्रीहरुकै सम्पर्कमा नरहेका प्रधानमन्त्री के सोचिरहेका छन्, प्रधानमन्त्रीको कुटनीतिक भेटघाट शून्य छ ।  नाकाबन्दी हटाउन सरकारले कुटनीतिक पहल गरिरहेको भने पनि ठोस रुपमा केही भएको छैन । पछिल्ला दिनमा प्रधानमन्त्रीको कुटनीतिक भेटघाट शून्य छ ।

Spread the love